रोयल इन्फिल्ड इन्डियाको स्लाइड स्कुल रेसिङ ट्रेनिङमा सहभागी भए दिपेश
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभमा...
रोयल इनफिल्डले आफ्नो उत्पादन क्षमता २० लाख युनिट पु-याउने योजना बनाएको छ । उक्त योजना पुरा गर्न यसको मूल कम्पनी आइशर मोटर्सले ९ अर्ब ५८ करोड भारु लगानी स्वीकृत गरेको छ । कम्पनीसंग हाल वार्षिक १४ लाख ६० हजार युनिट मोटरसाइकल उत्पादन गर्ने क्षमता छ ।
कम्पनीले हाल आफ्नो पूर्ण क्षमतामा मोटरसाइकल उत्पादन गरिरहेको र माग बढ्दै जाँदा तमिलनाडुमा रहेको चेयर प्लान्टमा उत्पादन बढाउन खोजेको हो । प्लान्टको क्षमता बढाउने काम आर्थिक वर्ष २०२६–२७ को पहिलो त्रैमासिकमा सुरु हुनेछ जनाइएको छ ।
सो प्लान्ट आर्थिक वर्ष २०२७–२८ सम्ममा पूरा हुनेछ, जसले वार्षिक उत्पादन क्षमता ३७ प्रतिशत बढाउनेछ । घरेलु बजारसंगै विश्वभर रोयल इनफिल्ड मोटरसाइकलको माग उच्च दरमा बृद्धि भइरहेको छ ।
कम्पनीले २०२५ मा आफ्नो अहिलेसम्मकै उच्च बिक्री रेकर्ड हासिल गरेको छ । कम्पनीले १० लाख ७१ हजार ८०९ युनिट मोटरसाइकल बिक्री गर्दै पहिलो पटक १० लाख युनिटको माइलस्टोन पार गर्न सफल भएको छ । साथै, निर्यात समेत बढेर १ लाख ३२ हजार १३२ युनिट पुगेको जनाइएको छ ।
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभमा...
रोयल इन्फिल्डले हालसालै केही पुराना बाइक अपडेट गरे पछि अब नयाँ मोडल लन्च...
काठमाडौं–रोयल इन्फिल्डले आफ्नो नयाँ रोडस्टार बाइक गुरिल्ला ४५० लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...