रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च, रेन्ज र मूल्य कति ?
रोयल इनफिल्डले अन्ततः भारतमा आफ्नो पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६...
रोयल इनफिल्डले आज भारतीय बजारमा ६५० सिसी क्षमताको सुपर मेटियर क्रुजर मोटरसाइकल सार्वजनिक गर्दैछ । केही दिनअघि इटालीको मिलानमा आयोजना भएको इन्टरनेश्नल मोटरसाइकल एण्ड एसेसोरिज एक्जिविसन(इआईसिएमए) मा यसलाई प्रदर्शन गरिएको थियो ।
यो नयाँ मोटरसाइकल हाल कारोबार भैरहेको इन्टरसेप्टर ६५० मा आधारित रहेको छ । कम्पनीले सुपर मेटियर ६५० लाई क्रुजर र टुरर गरी दुई मोडलमा ल्याउने तयारी गरेको हो ।
यो नयाँ मोटरसाइकलमा रोयल इनफिल्डले इन्टरसेप्टर ६५० मा नै प्रयोग भएको ६४८ सीसी प्यारलल ट्वीन आयल कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ४७ हर्सपावर र ५२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा स्लिपर क्लच सहितको ६ स्पिड ट्रान्समिसन प्रयोग भएको छ ।
४ लाख भारुमा उपलब्ध हुनसक्ने अनुमान लगाइएको यो मोटरसाइकलमा स्टिल ट्युबुलर स्पाइन फ्रेम च्यासिसको प्रयोग गरिएको छ भने रोयल इनफिल्डले पहिलो पटक अप साइड डाउन फर्कको प्रयोग गरेको छ । यो मोटरसाइकलको दुबै तर्फ डिस्क ब्रेकसहित स्ट्यान्डर्ड डबल च्यानल एबीएस फिचर उपलब्ध छ । साथै यसमा स्वीच गियर, गुगल पावर्ड ट्रिपल नेभिगेशन जस्ता फिचर दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...