रोयल इन्फिल्ड मेटियर बैशाखमै नेपालमा लन्च हुने सम्भावना, यस्तो छ फिचर
काठमाडौं – भारतमा केही अघि लन्च भएको र इन्डियन मोटरसाइकल अफ द इयर २०२१...
रोयल इन्फिल्डले हालै नयाँ बाइकको नाम पेटेन्ट गरेको छ र यसको नाम ‘स्क्राम’ राखेको छ । रोयल इन्फिल्डले यो भन्दा पहिले पनि फ्लाइङ फ्ली, रोडस्टर, हन्टर, शेर्पा आदि नाम पेटेन्ट गरिसकेको छ । यही लहरमा नयाँ नाम स्क्राम दर्ता गरेको हो ।
यससँगै रोयल इन्फिल्डले ल्याउने नयाँ बाइक स्क्राम कस्तो होला भन्ने चर्चा समेत प्रारम्भ भएको छ । स्क्राम नेमको विवरणमा मोटरसाइकल, मोटराज्ड स्कुटर, इलेक्ट्रिकल्ली पावर्ड भेइकल, ल्यान्ड भेइकल्स, इन्जिन फर ल्यान्ड भेइकल्स आदि लेखिएको छ ।
एक अनलाइनले आफ्नो समाचारमा रोयल इन्फिल्डले स्क्राम्बलर बाइक बजारमा ल्याउने तयारी गरिरहेको र त्यसैका लागि यो पेटेन्ट नेम दर्ता गरेको विश्वास गरेको छ । रोयल इन्फिल्डले ३५० र ६५० सीसी मोडलमा बाइक उपलब्ध गराइरहेको र नयाँ आउने स्क्र्याम्बलर ६५० सीसीमा उपलब्ध हुने अनुमान समेत गरिएको छ । यद्यपि यसको कुनै विशेष प्रमाण भने छैन ।
रोयल इन्फिल्डले स्क्र्याम्बलर भर्सनमा समेत बाइक ल्याउने तयारी गरिरहेको र अन्य मोडल जस्तै यसमा समेत कार्य गरिरहेको अनुमान लगाउन सकिन्छ । ग्राहकलाई फरक स्वादका बाइक उपलब्ध गराउने प्रयास स्वरुप स्क्राम बाइक समेत भविष्यमा बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – भारतमा केही अघि लन्च भएको र इन्डियन मोटरसाइकल अफ द इयर २०२१...
रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...
काठमाडौं – नेपालमा रोयल इन्फिल्डको नयाँ स्क्र्याम्बलर बाइक स्क्राम ४११...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...