रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकलको डेलिभरी सुरु, मूल्य कति ?
रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल फ्लाइङ फ्ली सी६ को...
नेपालगञ्ज - नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रालिले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ ‘रोयल इन्फिल्ड रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सफलतापूर्वक आयोजना गरेको छ।
राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित यस विशेष कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवद्र्धन गर्दै राइडरहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो। रोयल इन्फिल्ड नेपालगञ्ज शोरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो, जहाँ २०० जना रोयल इन्फिल्ड राइडर सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नेपालको कृषि संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने तथा पर्यटन र समुदायलाई जोड्ने यस्ता कार्यक्रमको प्रशंसा गरे ।
कार्यक्रममा सहभागीहरूले परम्परागत धान रोपाइँमा सहभागिता जनाउनुका साथै अक्स फिल्डिङ, मड्डी टग अफ वार, म्युजिकल चेयर प्रतियोगिता, थारु सांस्कृतिक कार्यक्रम तथा गाभर भ्यालीका स्थानीय अर्गानिक परिकारहरूको स्वाद समेत लिएका थिए। यस कार्यक्रमले साहसिक मोटरसाइकल यात्रालाई नेपालको मौलिक कृषि संस्कृति र स्थानीय जीवनशैलीसँग सुन्दर ढंगले जोडेको कम्पनीको भनाइ छ ।
कार्यक्रमको नेतृत्व रोड क्याप्टेन तथा अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले गरेका थिए । उनको नेतृत्वमा सम्पूर्ण राइड तथा कार्यक्रम सुरक्षित, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको थियो।
‘प्योर मोटरसाइक्लिङ’ को आफ्नो मूल दर्शनअनुसार रोयल इन्फिल्डले नेपालभर राइडिङ संस्कृति, समुदायबीचको सम्बन्ध, साहसिक यात्रा तथा स्थानीय संस्कृति प्रवद्र्धन गर्ने विविध कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ। यस्ता पहलमार्फत ब्रान्डले मोटरसाइकल यात्रालाई केवल यात्रा नभई अनुभव, संस्कृति र समुदायसँग जोड्ने अभियानका रूपमा अघि बढाइरहेको छ।
अल्फा अटोमोटिभ प्रालिले आगामी दिनहरूमा पनि सुरक्षित र जिम्मेवार राइडिङलाई प्रवद्र्धन गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई उजागर गर्ने यस्ता समुदायमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...