लद्दाखमा परीक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन ईभी, कठिन भूगोलमा भइरहेको परीक्षण
प्रिमियम मोटरसाइकल निर्माता रोयल इनफिल्डले विद्युतीय एडभेन्चर...
राेयल इन्फिल्डले चीनको दुर्लभ अर्थ म्याग्नेटको निर्यात प्रतिबन्धले रोयल इन्फिल्डको बाइक उत्पादनमा पारेको असरलाई पार लगाएको छ। यो प्रतिबन्धले विशेष गरी पहिलो त्रैमासिकमा हिमालयन, स्क्र्याम र गुरिल्ला जस्ता बाइकको एसेम्बलीमा अवरोध पुर्याएको थियो। तर, कम्पनीले वैकल्पिक सामग्रीको प्रयोग गरी यो संकटको समाधान गरेको छ।
आइसर मोटर्सका प्रबन्ध निर्देशक बी. गोविन्दराजनका अनुसार कम्पनीले यो संकटको सामना गर्न पहिल्यैदेखि तयारी थालेको थियो। उनले त्रैमासिक वित्तीय नतिजापछि आयोजित कलमा भने, “हामीले तीन-चार महिनाअघि नै दुर्लभ अर्थ म्याग्नेटको विकल्प खोज्न सुरु गरेका थियौं। अहिले त्यो सामग्री उपलब्ध गराउन गाह्रो छैन।”
आइरले सम्भावित संकटको समाधान खोजेको छ र रणनीति अनुसार कार्यान्वयन गर्दै अहिले स्थिति नियन्त्रणमा ल्याउन सफल भएको छ।
मोटर र इलेक्ट्रिक सवारी साधनमा दुर्लभ अर्थ म्याग्नेट अत्यन्त आवश्यक हुने गर्छ। विश्वभरि यस्ता चुम्बकको ९० प्रतिशत उत्पादन चीनबाट हुने गर्छ। जब चीनले यसको निर्यातमा प्रतिबन्ध लगायो, तब विश्वव्यापी अटो उद्योग प्रभावित भएको थियो।
भारतका अन्य दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी पनि यसबाट प्रभावित भएका थिए र अहिले ती कम्पनी पनि विकल्प खोज्न सक्रिय भएका छन्। टीभीएस मोटरले पनि वैकल्पिक समाधान खोजिरहेको छ। त्यस्तै, ओला इलेक्ट्रिकले पहिले नै दुर्लभ म्याग्नेट-मुक्त प्रविधिको मोटर विकास गरिसकेको छ, जुन डिसेम्बर त्रैमासिकदेखि सवारी साधनमा प्रयोगमा ल्याइने बताइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...