रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च, रेन्ज र मूल्य कति ?
रोयल इनफिल्डले अन्ततः भारतमा आफ्नो पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६...
काठमाडौं – भारतमा केही अघि लन्च भएको र इन्डियन मोटरसाइकल अफ द इयर २०२१ उपाधि जित्न सफल रोयल इन्फिल्ड मेटियर मोटरसाइकल नेपाल आउने भएको छ ।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले यसको लागि तयारी गरिरहेको र सम्भवतः बैशाख महिना भित्रै आधिकारिक रुपमा यसको जानकारी सार्वजनिक गर्ने बताएको छ ।
रोयल इन्फिल्ड मेटियर ३५० मा बीएस ६ मापदण्डयुक्त ३४९ सीसीको एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले २०.५ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिन ५ स्पिड गियरबक्सका साथ उपलब्ध छ ।
मेटियर ३५० मा पहिलो पटक रोयल इन्फिल्डले स्मार्ट कनेक्टिभिटी उपलब्ध गराएको छ, जसलाई रोयल इन्फिल्ड एपको सहयोगले फोनसँग कनेक्ट र कन्ट्रोल गर्न सकिन्छ । त्यसैगरी फोनबाटै नेभिगेसन कनेक्ट गरेर इन्स्ट्रयुमेन्ट क्लस्टरमा देख्न सकिन्छ ।
रोयल इन्फिल्ड मेटियर ३५० मा भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरमा गियर पोजिसनका साथै ओडोमिटर, फ्युल गेज, ट्रिप मिटर र सर्भिस रिमाइन्डर जस्ता फिचर पनि देख्न सकिन्छ । त्यसैगरी यसमा ड्युअल च्यानल एबीएस, ट्विन सक एब्जर्बर, एलईडी डीआरएल भएको सर्कुलर हेलोजन हेडल्याम्प, एलईडी टेलल्याम्प र ४१ एमएम टेलिस्कोपिक फोर्क्स पनि उपलब्ध छ । यसको सिट पनि निकै नै आरामदायी बनाइएको छ ।
रोयल इन्फिल्डले यसलाई ‘इजी क्रुजर’ भनेको छ र रेट्रो चार्म पहिचानका लागि विभिन्न फिचरले सहयोग गरेको छ ।
नेपाली बजारमा यसको मूल्य ६ लाख रुपैयाँ भन्दा बढी नै हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...