रोयल इन्फिल्ड मेटियर बैशाखमै नेपालमा लन्च हुने सम्भावना, यस्तो छ फिचर

काठमाडौं – भारतमा केही अघि लन्च भएको र इन्डियन मोटरसाइकल अफ द इयर २०२१ उपाधि जित्न सफल रोयल इन्फिल्ड मेटियर मोटरसाइकल नेपाल आउने भएको छ ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले यसको लागि तयारी गरिरहेको र सम्भवतः बैशाख महिना भित्रै आधिकारिक रुपमा यसको जानकारी सार्वजनिक गर्ने बताएको छ ।

रोयल इन्फिल्ड मेटियर ३५० मा बीएस ६ मापदण्डयुक्त ३४९ सीसीको एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले २०.५ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिन ५ स्पिड गियरबक्सका साथ उपलब्ध छ ।

मेटियर ३५० मा पहिलो पटक रोयल इन्फिल्डले स्मार्ट कनेक्टिभिटी उपलब्ध गराएको छ, जसलाई रोयल इन्फिल्ड एपको सहयोगले फोनसँग कनेक्ट र कन्ट्रोल गर्न सकिन्छ । त्यसैगरी फोनबाटै नेभिगेसन कनेक्ट गरेर इन्स्ट्रयुमेन्ट क्लस्टरमा देख्न सकिन्छ ।

रोयल इन्फिल्ड मेटियर ३५० मा भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरमा गियर पोजिसनका साथै ओडोमिटर, फ्युल गेज, ट्रिप मिटर र सर्भिस रिमाइन्डर जस्ता फिचर पनि देख्न सकिन्छ । त्यसैगरी यसमा ड्युअल च्यानल एबीएस, ट्विन सक एब्जर्बर, एलईडी डीआरएल भएको सर्कुलर हेलोजन हेडल्याम्प, एलईडी टेलल्याम्प र ४१ एमएम टेलिस्कोपिक फोर्क्स पनि उपलब्ध छ । यसको सिट पनि निकै नै आरामदायी बनाइएको छ ।

रोयल इन्फिल्डले यसलाई ‘इजी क्रुजर’ भनेको छ र रेट्रो चार्म पहिचानका लागि विभिन्न फिचरले सहयोग गरेको छ ।

नेपाली बजारमा यसको मूल्य ६ लाख रुपैयाँ भन्दा बढी नै हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

इक्मा शोमा रोयल इन्फिल्डले इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट देखाउने

इक्मा शोमा रोयल इन्फिल्डले इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट देखाउने

रोयल इन्फिल्डले इटालीको मिलानमा आयोजना हुने ईआइसिएमए(इक्मा) टु–ह्विलर...

ड्रिम बाइकका रुपमा स्थापित हुुँदै क्रसफायर

ड्रिम बाइकका रुपमा स्थापित हुुँदै क्रसफायर

नेपालमा डर्ट अर्थात अफरोड बाइकको नाम लिंदा शुरुमै आइहाल्ने नाम हो...

मूल्य कम गर्न रोयल इन्फिल्डले इन्ट्रि–लेभलको नयाँ बाइक ल्याउने

मूल्य कम गर्न रोयल इन्फिल्डले इन्ट्रि–लेभलको नयाँ बाइक ल्याउने

पछिल्लो केही बर्षयता भारतमा मोटरसाइकलको उत्पादन लागत बढिरहेका कारण रोयल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...