बुधबार नेपालमा सार्वजनिक हुने भयो रोयल इन्फिल्ड मेटियर ३५०, कति पर्ला मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डको बहुप्रतीक्षित मोटरसाइकल मेटियर ३५० आगामी बुधबार अर्थात साउन १३ गते नेपालमा सार्वजनिक गरिने भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले एक कार्यक्रमका बीच सो मोटरसाइकल सार्वजनिक गरिने बताएको छ । हालको अवस्थामा यो मोटरसाइकल सोसल मिडियाको माध्यमबाट भर्चुअल लन्च गरिने छ ।

इन्डियन मोटरसाइकल अफ द इयर २०२१ अवार्ड प्राप्त गर्न सफल रोयल इन्फिल्ड मेटियर नेपाली बजारमा पहिले देखि नै चासोपूर्वक प्रतीक्षा गरिएको मोटरसाइकल हो । यो मोटरसाइकल तीन विभिन्न भेरिएन्ट फायरबल, स्टेलर र सुपरनोभामा उपलब्ध हुनेछ । त्यसैगरी ७ वटै कलर अप्सनमा नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य कति निर्धारण गरिएला भनेर धेरै राइडरहरुले चासोपूर्वक प्रतीक्षा गरिरहेका छन् । कम्पनीले वास्तविक मूल्य त्यही दिन नै सार्वजनिक गर्नेछ । यद्यपि यसको मूल्य नेपाली बजारमा ६ देखि ७ लाख रुपैयाँ सम्म पर्ने अनुमान गर्न सकिन्छ ।

मेटियर ३५० मा पावर दिनका लागि ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ६१०० आरपीएममा २०.२ बीएचपीको पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।

सो बाइकमा ड्युअल च्यानल एबीएस सिस्टमको साथमा फ्रन्ट र रियरमा डिस्क ब्रेक समावेश छ । सो बाइकको टप भेरिएन्ट सुपरनोभामा प्रिमियम सिट उपलब्ध रहेको छ ।

सो बाइक ६ स्टेप एडजस्टेबल ड्युअल रियर सकर्सको साथमा ४१ एनएम टेलिस्कोपिक र फ्रन्टमा १३० एमएम फोर्क्स समावेश गरेको छ । फ्रन्टमा १००/९० टायर र रियरमा १४०/७० टायर उपलब्ध रहेको छ । सो बाइकको रियरमा ट्वीन ट्युब सक एबजर्बर रहेको छ । रोयल इन्फिल्ड मेटियर ५ ट्रान्समिसन गियरबक्स रहेको छ ।

सो बाइकमा इन्स्ट्रयुमेन्ट क्लस्टर नै मुख्य कुरा हो । यसमा दुई पोड इकाई जसमा एउटा ठूलो र एउटा सानो रहेको छ । सस्पेन्सनको लागि अगाडि टेलिस्कोपिक फोर्क, ट्वीन साइड रियर सक एब्जर्बर समावेश गरेको छ । यसमा स्पिडोमिटर, गियर इन्डिकेटर, ट्रिप मिटर, ओडोमिटर, फ्युल लेवल इन्डिकेटर जस्ता फिचर रहेको छ । साथै ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन र यूएसबी चार्जिङ पनि समावेश गरेको छ ।

सम्बन्धित समाचारहरू

६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड

६५० सीसीमा नयाँ स्क्र्याम्बलर बाइक ल्याउँदै रोयल इन्फिल्ड

रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी...

नेपाली बजारमा अब रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन, मूल्य ५ लाख ५५ हजार ७ सय

नेपाली बजारमा अब रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन, मूल्य ५ लाख ५५ हजार ७ सय

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

काठमाडौं देखि हलेसी राइडका लागि राइडर प्रस्थान, ८० जना रोयल इन्फिल्ड राइडर सहभागी

काठमाडौं देखि हलेसी राइडका लागि राइडर प्रस्थान, ८० जना रोयल इन्फिल्ड राइडर सहभागी

काठमाडौं – रोयल इन्फिल्ड बाइकको आधिकारिक सर्भिस सेन्टर जिरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...