लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
लामो प्रतीक्षा पश्चात रोयल इन्फिल्डले भारतमा मेटियर ३५० बाइक लन्च गरेको छ । एक भर्चुअल लन्च इभेन्टमार्फत यसको मूल्य घोषणा समेत गरिएको छ ।
भारतमा यो बाइकको मूल्य १ लाख ७५ हजार ८२५ भारु तोकिएको छ । फायरबल, स्टेलर र सुपरनोभा जस्ता ३ भेरिएन्टमा उपलब्ध हुने यो बाइकले अब होन्डा हाइनेस सीबी३५० र जावा ट्विन्ससँग प्रतिस्पर्धा गर्नेछ । यसको बुकिङ समेत शुरु भइसकेको छ ।
रोयल इन्फिल्ड मेटियर ३५० मा बीएस ६ मापदण्डयुक्त ३४९ सीसीको एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले २०.५ एचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइक ५ स्पिड गियरबक्सका साथ लन्च भएको हो ।
मेटियर ३५० मा पहिलो पटक रोयल इन्फिल्डले स्मार्ट कनेक्टिभिटी उपलब्ध गराएको छ, जसलाई रोयल इन्फिल्ड एपको सहयोगले फोनसँग कनेक्ट र कन्ट्रोल गर्न सकिन्छ । त्यसैगरी फोनबाटै नेभिगेसन कनेक्ट गरेर इन्स्ट्रयुमेन्ट क्लस्टरमा देख्न सकिन्छ ।
रोयल इन्फिल्ड मेटियर ३५० मा भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरमा गियर पोजिसनका साथै ओडोमिटर, फ्युल गेज, ट्रिप मिटर र सर्भिस रिमाइन्डर जस्ता फिचर पनि देख्न सकिन्छ । त्यसैगरी यसमा ड्युअल च्यानल एबीएस, ट्विन सक एब्जर्बर, एलईडी डीआरएल भएको सर्कुलर हेलोजन हेडल्याम्प, एलईडी टेलल्याम्प र ४१ एमएम टेलिस्कोपिक फोर्क्स पनि उपलब्ध छ । यसको सिट पनि निकै नै आरामदायी बनाइएको छ ।
रोयल इन्फिल्डले यसलाई ‘इजी क्रुजर’ भनेको छ र रेट्रो चार्म पहिचानका लागि विभिन्न फिचरले सहयोग गरेको छ ।
होन्डाले भारतमा केही दिन पहिले लन्च गरेको हाइनेस सीबी३५० भन्दा यसको मूल्य केही कम भएकाले समेत यसप्रति राइडरको आकर्षण बढ्ने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...