रोयल इन्फिल्डले सस्तो बाइक लन्च गर्ने, के होला मूल्य र फिचर्स ?

रोयल इन्फिल्डले मार्चको पहिलो हप्तामा आफ्नो आगामी स्क्राम ४११ बाइक लन्च गर्ने तयारी गरेको छ । यद्यपि कम्पनीले यसको औपचारिक घोषणा भने गरेको छैन ।

रोयल इन्फिल्ड स्क्राम ४११ को मूल्य लगभग १ लाख ७५ हजार भारु अनुमान गरिएको छ । लन्चिङ पछि सो बाइकले भारतमा होन्डा सीबी३५०आरएस, हस्कभर्ना स्टार्भपिलेन २५० र यज्दी स्क्राम्बलरसँग प्रतिस्पर्धा गर्नेछ ।

रिपोर्टका अनुसार सो बाइक हिमालयन एड्भेन्चरको रोड बेस्ड भर्सन हुनेछ । लन्च हुनु अघि नै कम्पनीले नयाँ स्क्राम ४११ रोड बेस्ड बाइक डिलरशिपमा ढुवानी गर्न थालेको छ ।

रोयल इन्फिल्ड स्क्राम ४११ ह्वाइट र ब्ल्याक गरी २ रङको थिममा आउने अपेक्षा गरिएको छ । सो बाइकमा ४११ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले २४.३ एचपी पावर र ३२ एनएम टर्क जेनेरेट गर्छ ।

सो बाइकमा ५ स्पिड ट्रान्समिसन जोडिएको छ । नयाँ स्क्राम ४११ मा सिंगल सिट, बडी कलर्ड कास्ट मेटल हेडल्याम्प काउल, ट्रिपर नेभिगेसन फंक्सनको साथ अफ–सेट स्पीडोमिटर हुने सम्भावना छ । रोयल इन्फिल्ड स्क्राम ४११ मा १९ इन्चको फ्रन्ट ह्विल दिने सम्भावना छ । रोयल इन्फिल्डको हिमालयनमा २१ इन्चको ह्विल उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको लोकप्रिय बाइक हिमालयन अब अपडेट भर्सनमा

रोयल इन्फिल्डको लोकप्रिय बाइक हिमालयन अब अपडेट भर्सनमा

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक हिमालयनलाई ३ नयाँ रङमा अपडेट भर्सन...

५० प्रतिशतसम्म छुटमा रोयल इन्फिल्डको राइडिङ गियर

५० प्रतिशतसम्म छुटमा रोयल इन्फिल्डको राइडिङ गियर

काठमाडौं– रोयल इन्फिल्डको राइडिङ गियरमा भारी छुट अफर आएको छ । नेपालका लागि...

रोयल इन्फिल्डको फ्ल्यागशिप क्रुजर मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक

रोयल इन्फिल्डको फ्ल्यागशिप क्रुजर मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक

रोयल इन्फिल्डले ईआईसीएमए २०२२ मा आफ्नो नयाँ सुपर मेटियर ६५० बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...