रोड टेष्टका क्रममा देखियो रोयल इनफिल्डको पहिलो इलेक्ट्रिक मोटरसाइकल
रोयल इनफिल्ड फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइक पहिलो पटक भारतिय सडकमा...
स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल प्रेमीहरूको मन जितेको छ । अब रोयल इन्फिल्डले सो बाइकका लागि एसेसरिज पनि ल्याएको छ, जसको मूल्य पनि सार्वजनिक गरिएको छ ।
रोयल इन्फिल्ड गुरिल्ला ४५० को मूल्य २ लाख ३९ हजार भारुबाट सुरु हुन्छ र टप मोडलको मूल्य २ लाख ५४ हजार भारुसम्म छ । यी एसेसरिजले रोयल इन्फिल्ड गुरिल्ला ४५० लाई अझ विशेष बनाएको छ । सो एसेसरिजले गुरिल्ला ४५० लाई आफ्नो हिसाबले कस्टमाइज पनि गर्न सकिन्छ । रोयल इन्फिल्डले फंक्शनल र प्रोटेक्टिभ एसेसरिजका साथै स्टाइलिस एसेसरिज ल्याएको छ, जसले बाइकको कार्यक्षमता बढाएको छ ।
प्रोटेक्टिभ एसेसरिजमा १ हजार ९५० मूल्यमा सिल्भर रेडिएटर गार्ड, १ हजार ९५० मूल्यमा हेडलाइट ग्रिल, ३ हजार ४५० मूल्यमा कालो र सिल्भर सम्प गार्ड, १ हजार १०० मा कालो र नेभी वाटर रेजिस्टेन्स बाइक कभर, ३ हजार ७५० को कालो कम्प्याक्ट इन्जिन गार्ड र ४ हजार ७५० मा कालो कम्प्याक्ट इन्जिन गार्ड उपलब्ध छ ।
स्टाइलिस एसेसरिजमा ६ सय ५० मूल्यमा बार एन्ड मिरर माउन्ट, १ हजार ५० मूल्यमा कालो वा सिल्भर आयल फिलर क्याप, २ हजार ६५० मूल्यमा टिन्टेड फ्लाई स्क्रिन, २ हजार ७५० मूल्यमा ह्यालिकन कालो पेन्टेड इन्स्ट्रयुमेन्ट काउल, ४ हजार ९५० मूल्यमा कालो बेन्च सिट र कालो अर्बन सिट उपलब्ध छ ।
गुरिल्ला ४५० मा रोयल इन्फिल्डको नयाँ शेर्पा ४५० इन्जिन जडान गरिएको छ । सो ४५२ सीसी, सिंगल सिलिन्डर, डीओएचसी, ४ भल्भ, लिक्विड कुल्ड युनिटले ४० बीएचपी पावर र ४० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स, राइड-बाई-वायर, स्लिपर क्लच, एलईडी लाइटिङ, ट्रिपर ड्यास गुगल म्याप नेभिगेसन सिस्टम र बाक्लो टायर समावेश छ ।
रोयल इनफिल्ड फ्लाइङ फ्ली सी६ इलेक्ट्रिक बाइक पहिलो पटक भारतिय सडकमा...
रोयल इन्फिल्ड बाइकको डिजाइन, इन्जिन र साउन्डका कारण कम्पनीका बाइकप्रति...
टु–ह्विलर बजारमा पछिल्लो समय दुई नयाँ एड्भेन्चर मोटरसाइकलको चर्चा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...