मुस्ताङमा हुने नेपाल राइडर्स मिटका लागि खुल्यो बुकिङ
काठमाडौं – आगामी फेब्रुअरी १७ देखि १९ सम्म मुस्ताङमा आयोजना हुने नेपाल...
रोयल इन्फिल्डले नोभेम्बर २२ देखि २४ सम्म हुने मोटोभर्स २०२४ मा गोआन क्लासिक ३५० बबर बाइक लन्च गर्ने तयारी गरिरहेको छ । यो जे-सिरिज इन्जिन प्लेटफर्ममा निर्माण हुने पाँचौं बाइक हो । गोआन क्लासिक उत्कृष्ट देखिने बबर शैलीको मोटरसाइकल हुनेछ, जसमा क्लासिक ३५० जस्तै फिचर हुने अपेक्षा गरिएको छ ।
रोयल इन्फिल्ड गोआन क्लासिक ३५० मा ३४९ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन जडान गरिनेछ, जसले ६१०० आरपीएममा २० बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । गोआन क्लासिकको मुख्य फ्रेम पनि क्लासिक ३५० जस्तै हुने सम्भावना छ ।
सो बाइकको रियर-राइडर सेटअप शटगन र क्लासिक ६५० ट्विन्समा देखाइएको सेटअपसँग मिल्दोजुल्दो हुने सम्भावना छ । गोआन क्लासिक ३५० बबर बडि स्टाइलको परिमार्जित संस्करण हो । यसलाई कैयौँ पटक परीक्षणको क्रममा देखिएको छ र यसको प्याटेन्ट तस्विर केही महिना अघि सार्वजनिक भएको थियो ।
यसको इन्जिन ५ स्पिड ट्रान्समिसनसँग जोडिएको छ । सो बाइक ट्युबुलर डाउनट्युब फ्रेममा बनाइएको छ, जसको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ट्वीन शर्क एब्जर्बर छ । ब्रेकिङको लागि बाइकको दुवै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ ।
बाइकको वजन १९७ किलोग्राम छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ । यसको मूल्य लगभग २ लाख १५ हजार भारु हुने अपेक्षा गरिएको छ। यसले जावा र येज्दीको बबर स्टाइल बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – आगामी फेब्रुअरी १७ देखि १९ सम्म मुस्ताङमा आयोजना हुने नेपाल...
काठमाडौं – क्रसफायर र इटालिका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक...
रोयल इन्फिल्डले मार्चको पहिलो हप्तामा आफ्नो आगामी स्क्राम ४११ बाइक लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...