रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य
रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी समुहले...
रोयल इन्फिल्डले नोभेम्बर २२ देखि २४ सम्म हुने मोटोभर्स २०२४ मा गोआन क्लासिक ३५० बबर बाइक लन्च गर्ने तयारी गरिरहेको छ । यो जे-सिरिज इन्जिन प्लेटफर्ममा निर्माण हुने पाँचौं बाइक हो । गोआन क्लासिक उत्कृष्ट देखिने बबर शैलीको मोटरसाइकल हुनेछ, जसमा क्लासिक ३५० जस्तै फिचर हुने अपेक्षा गरिएको छ ।
रोयल इन्फिल्ड गोआन क्लासिक ३५० मा ३४९ सीसी, एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन जडान गरिनेछ, जसले ६१०० आरपीएममा २० बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । गोआन क्लासिकको मुख्य फ्रेम पनि क्लासिक ३५० जस्तै हुने सम्भावना छ ।
सो बाइकको रियर-राइडर सेटअप शटगन र क्लासिक ६५० ट्विन्समा देखाइएको सेटअपसँग मिल्दोजुल्दो हुने सम्भावना छ । गोआन क्लासिक ३५० बबर बडि स्टाइलको परिमार्जित संस्करण हो । यसलाई कैयौँ पटक परीक्षणको क्रममा देखिएको छ र यसको प्याटेन्ट तस्विर केही महिना अघि सार्वजनिक भएको थियो ।
यसको इन्जिन ५ स्पिड ट्रान्समिसनसँग जोडिएको छ । सो बाइक ट्युबुलर डाउनट्युब फ्रेममा बनाइएको छ, जसको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि ट्वीन शर्क एब्जर्बर छ । ब्रेकिङको लागि बाइकको दुवै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ ।
बाइकको वजन १९७ किलोग्राम छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ । यसको मूल्य लगभग २ लाख १५ हजार भारु हुने अपेक्षा गरिएको छ। यसले जावा र येज्दीको बबर स्टाइल बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी समुहले...
हार्ले डेभिडसनले आधिकारिक रूपमा आफ्नो नयाँ बाइक एक्स४४० सार्वजनिक गरेको छ...
राणा प्रधानमन्त्री जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...