३५० सीसी सेगमेन्टमा रोयल इनफिल्डको एकछत्र राज, तीन महिनामै ३ लाख बढी बाइक बिक्री
काठमाडौं–आर्थिक वर्ष २०२६÷२७ को पहिलो त्रैमासिकमा रोयल इनफिल्डले नयाँ...
काठमाडौं–रोयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक क्लासिक ३५० को नयाँ ‘गोर्खा एडिसन’ भारतीय बजारमा सार्वजनिक गरेको छ ।
यस विशेष संस्करणको सुरुवाती मूल्य भारु २ लाख १० हजार ६८४ भारु तय गरिएको छ । कम्पनीका अनुसार यो नयाँ मोडल भारतीय सेनाको ऐतिहासिक र साहसी गोर्खा रेजिमेन्टप्रति सम्मान प्रकट गर्न तयार पारिएको हो ।
बाइकमा विशेष ‘गोर्खा ग्रीन’ रङ प्रयोग गरिएको छ भने यसको फ्युल ट्यांक र साइड प्यानलमा गोर्खा रेजिमेन्टको पहिचान स्वरूप क्रस खुकुरी अंकित गरिएको छ । बाइकमा साविककै परिमार्जित ३४९ सीसीको जे–सिरिज सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले २० बीएचपी पावर र २७ एनएम टर्क उत्पन्न गर्छ ।
यसमा ५–स्पीड गियरबक्सका साथै असिस्ट एन्ड स्लिपर क्लच र टाइप–सी युएसबी फास्ट चार्जिङ पोर्टजस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...