दमदार इन्जिनसहित रोयल इन्फिल्डले सार्वजनिक ग-यो स्क्राम ४११ मा आधारित नयाँ स्क्राम ४४०

रोयल इन्फिल्डले भारतमा रोयल इन्फिल्ड स्क्राम ४४० सार्वजनिक गरेको छ । यो हिमालयन ४११ र स्क्राम ४११ जस्तै च्यासिसमा आधारित छ, तर अब यसमा बोर-आउट इन्जिन दिइएको छ जसले पहिले भन्दा धेरै शक्ति र टर्क जेनेरेट गर्नेछ। स्क्राम ४४० ट्रेल र फोर्स गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसलाई ५ कलर अप्सनमा ल्याइएको छ ।

सो बाइकको डिजाइन स्क्राम ४११ जस्तै डिजाइन गरिएको छ। डिजाइनमा नयाँ कुरा भनेको एलईडी हेडलाइट र नयाँ फङ्की कलर स्किम हो । यसमा डिजाइन स्क्राम ४११ मा जस्तै सिल्हुट र ठुलो इन्धन ट्याङ्की छ। साथै, यसमा पातलो टेल सेक्शन दिइएको छ, जसले बाइकलाई निकै आकर्षक बनाएको छ ।

रोयल इन्फिल्ड स्क्राम ४४० मा ४४३ सीसी सिंगल सिलिन्डर एयर र आयल कुल्ड इन्जिन छ, जुन हिमालयन ४११ को बोर-आउट संस्करणमा आधारित छ। यसमा जडान गरिएको इन्जिनले २५.४ पीएसको पावर र ३४ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।

यसमा हाफ डुप्लेक्स स्प्लिट क्र्याडल फ्रेम दिइएको छ । साथै १९० एमएम सस्पेन्सन ट्राभलको साथ ४१ एमएम टेलिस्कोपिक फोर्क र १८० एमएम ह्विल ट्राभल भएको मोनोसक दिइएको छ । बाइकको अगाडि ३०० एमएम डिस्क ब्रेक र पछाडि २४० एमएम डिस्क ब्रेक छ। बाइकमा १९ इन्चको फ्रन्ट र १७ इन्चको रियर टायर छ ।

सो बाइकमा नयाँ एलईडी हेडलाइट र इन्स्ट्रयुमेन्ट क्लस्टर छ। यसमा ओडोमिटर, ट्रिप मिटर र फ्युल गेज देखाउने सानो डिजिटल इन्सेटसहितको एनालग स्पिडोमिटर रहेको छ। यसमा ट्रिपर नेभिगेसन पोड पनि छ । बाइकमा ड्युअल च्यानल एबीएस र पछाडि स्विच गर्न मिल्ने एबीएस रहेको छ ।

कम्पनीले हालसम्म सो बाइकको मूल्यको बारेमा केही खुलासा गरेको छैन । तर रिपोर्टका अनुसार सो बाइकको मूल्य २ लाख ३० हजार भारु हुन सक्ने अनुमान गरिएको छ । सो बाइक जनवरी २०२५ मा डेलिभरी सुरु गरिने छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

रोयल इन्फिल्डको रिसेस राइड सम्पन्न, ५६ जना राइडर वन्दिपुर पुगेर फर्किए

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...

रारा पुग्ने नेपालमै एसेम्बल भएको पहिलो बाइक बन्यो रोयल इन्फिल्ड स्क्राम ४११

रारा पुग्ने नेपालमै एसेम्बल भएको पहिलो बाइक बन्यो रोयल इन्फिल्ड स्क्राम ४११

काठमाडौं – हालै सार्वजनिक गरिएको रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम...

२६ वर्ष पछि भारतीय सडकमा गुड्दै छन् येज्दी ब्रान्डका बाइक

२६ वर्ष पछि भारतीय सडकमा गुड्दै छन् येज्दी ब्रान्डका बाइक

भारतीय सडकमा येज्दी बाइक पुन देखिने भएको छ । महिन्द्रा ग्रुपको कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...