नयाँ डर्ट बाइक ल्याउदै अप्रिलिया, वेबसाइटमा सूचीबद्ध, चाँडै लन्च हुने संकेत
आरएस ४५७ को लन्च पछि अप्रिलियाले भारतीय बजारमा अप्रिलिया टुआरेग ६६० बाइक...
आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका मोटरसाइकलमा लाग्ने सडक दस्तुर र अन्तःशुल्क कम गरेपछि रोयल इन्फिल्डले सवैभन्दा बढी अन्तरले मूल्य कम ग-यो । नेपाली बजारमा सर्बाधिक बिक्री हुने क्रुजर बाइकका रुपमा परिचित क्लासिक ३५० मा १ लाख ५० हजार रुपैयाँले मूल्य घटाएपछि अहिले यो बाइकको माग धान्न कम्पनीलाई धौधौ नै परेको छ ।
यसैगरी बजेट अघि ९ लाख हराहारीमा आउने अनुमान गरिएको स्क्र्यामको मूल्य समेत आधिकारिक वितरक कम्पनी अल्फा अटोमोटिभले एकदमै प्रतिस्पर्धी कायम ग-यो। ४११ सीसीको स्क्र्यामलाई कम्पनीले ६ लाख ६० हजारमा बिक्री थालेपछि अहिले यो बाइकमा रुचि राख्ने ग्राहकको संख्या समेत बढिरहेको कम्पनीले जनाएको छ ।
विगत लामो समयदेखि क्रुजर सेग्मेन्टमा बजारको नेतृत्व लिन सफल रोयल इन्फिल्डको बजार गति चालु आर्थिक वर्षको बजेटमा भारी मात्राले भन्सार र अन्तःशुल्क वृद्धि भएसँगै कम भएको थियो । यसै वर्षदेखि नयाँ वितरकका रुपमा अल्फा अटोमोटिभले बिक्री थाल्नु र लगत्तै बजेट मार्फत करको दर वृद्धि हुनु तथा लामो समयसम्म आयात प्रतिबन्ध खेप्नु परेका कारण रोयल इन्फिल्डको बजार केही समयका लागि नराम्रोसँग प्रभावित वन्न पुग्यो ।
सो अवधिमा कम्पनीले मोटरसाइकलको बिक्री बढाउन जोड दिनुभन्दा पनि एसेम्बल प्लान्टलाई टुंगोमा पुर्याउने गरी काम ग¥यो । फलस्वरुप जेठ १५ मा बजेट आएलगत्तै कम्पनीले रोयल इन्फिल्डलाई स्वदेशमै एसेम्बल थालिएको भन्दै क्लासिक ३५० को नयाँ मूल्य र स्क्र्याम ४११ को बिक्री शुरु ग-यो । बजेट आउनु अघिसम्म ६ लाख ५० हजारमा बिक्री हुँदै आएको क्लासिक ३५० को मूल्य घटेर ४ लाख ९९ हजार कायम गरिएपछि यसले टु ह्विलर बजारमा एकप्रकारको हलचल नै पैदा गरायो ।
अल्फा अटोमोटिभले मूल्य कम गरेपछि प्रतिस्पर्धी ब्रान्ड होन्डा, जावा, येज्दी र बीएमडब्लु लगायतले पनि मूल्य कम गर्ने अनुमान गरिएको थियो । तर पछिल्लो समय रोयल इन्फिल्डलाई टक्कर दिइरहेको होन्डाले सीबी हाइनेस ३५० र सीबी ३५० आरएसमा ७६ हजारले मूल्य वृद्धि गर्यो । जसअनुसार यी बाइकको नयाँ मूल्य क्रमश ९ लाख २५ हजार र ९ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
दुवै बाइकको नयाँ मूल्य सार्वजनिक भएपछि क्लासिक ३५० होन्डा सीबी हाइनेसभन्दा ४ लाख २६ हजार र सीबी ३५० आरएसभन्दा ४ लाख ७६ हजार रुपैयाँले सस्तो बनेको छ । यी दुई बाइकको मूल्यमा अहिले झन्डै आधा वरावरको अन्तर देखिएको छ । दुवै बाइक एउटै सेग्मेन्ट र पावर एवं फिचर समेत लगभग समानजस्तै देखिएका कारण सतप्रतिशत हाराहारी महंगो मूल्य तिरेर होन्डाका यी दुई बाइक खरिद गर्न ग्राहक तत्कालै तयारी भइहाल्ने अवस्था देखिँदैन । जसको सिधा लाभ रोयल इन्फिल्ड क्लासिकलाई पुग्ने निश्चित प्रायः देखिन्छ ।
यसैगरी सोही सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका जावा र येज्दीले पनि मूल्य समायोजन गरिसकेका छैनन् । तीन भेरिएन्टमा उपलब्ध जावाको मूल्य हाल नेपाली बजारमा फोर्टी टुलाई ६ लाख ७३ हजारदेखि ७ लाख ५८ हजारसम्म, क्लासिकको ७ लाख ३६ हजार र पेराकको ८ लाख २० हजार रुपैयाँ कायम गरिएको छ । जुन रोयल इन्फिल्ड क्लासिकको भन्दा ३ लाख २१ हजार रुपैयाँसम्मले वढी हो ।
हालसालै नेपाल भित्रिएको नयाँ ब्रान्ड येज्दीलाई आधिकारिक वितरक अग्नि मोटो ईकंले ९ लाख ४८ हजारदेखि ९ लाख ९६ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको छ । जुन रोयल इन्फिल्ड क्लासिकको तुलनामा दोब्बर सम्मले महंगो देखिएको छ ।
आरएस ४५७ को लन्च पछि अप्रिलियाले भारतीय बजारमा अप्रिलिया टुआरेग ६६० बाइक...
काठमाडौँ – हराएका २२ वटा दुई पाङग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ अब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...