६ लाखमै आयो क्लासिक ३५० को गोर्खा एडिसन
काठमाडौं–रोयल इनफिल्डको लोकप्रिय बाइक क्लासिक ३५० को नयाँ ‘गोर्खा एडिसन’...
काठमाडौं–रोयल इनफिल्डले आगामी सेप्टेम्बर १२ (भदौ २७) मा काठमाडौंको भृकुटीमण्डपमा तय गरिएको आफ्नो बहुप्रतीक्षित ‘हन्टरहुड काठमाडौं’ कार्यक्रम अनिश्चितकालका लागि स्थगन गरेको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत एक विज्ञप्ती जारी गरेर यसबारे जानकारी दिएको हो ।
कठिन समयमा नेपाल र नेपाली जनताप्रति सम्मान व्यक्त गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको बताइएको छ । नयाँ मिति भने चाँडै सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
यसअघि नै कार्यक्रमका लागि टिकट खरिद गरिसकेका दर्शकहरूका लागि उक्त टिकटहरू पछि आयोजना हुने नयाँ मितिको कार्यक्रममा मान्य हुने कम्पनीको भनाई छ ।
यद्यपि, नयाँ मितिमा सहभागी हुन अनिच्छुक दर्शकहरूका लागि टिकटको पूरा रकम फिर्ता (रिफन्ड) दिइने सुविधा समेत कम्पनीले उपलब्ध गराउने पुष्टि गरेको छ ।
काठमाडौं संस्करणको यस ‘हन्टरहुड स्ट्रिट फेस्टिभल’ मा संगीत, कला, मोटरसाइकल, फेसन र स्थानीय खानाका स्टलहरू समावेश गर्ने तयारी थियो ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...