यस्तो हुन सक्छ रोयल इन्फिल्ड हिमालयनको अपडेट मोडल

रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ भन्दा पहिला नै फोटो लिक भएको छ । सो फोटो क्ले मोडलले लिक गरेको हो । हिमालयन एड्भेन्चर बाइक परीक्षणको समयमा कैयौ पटक देखिएको छ । यद्यपि लिक भएको फोटो हिमालयन एड्भेन्चरको फाइनल डिजाइन भने होइन । तर, क्ले मोडलले लिक गरेको फोटो केही हदसम्म फाइनल भएको पुष्टि गरेको छ ।

रोयल इन्फिल्डको सो अपडेट बाइकलाई रोड बायस्ड मोडल भनिएको छ । कम्पनीले सो बाइकको बडी प्यानलमा केही परिवर्तन गरेको छ । यसको साथै फ्रन्ट विन्डस्क्रिन र ¥याक हटाइएको छ ।

हिमालयन एड्भेन्चरको फ्रन्ट सस्पेन्शनमा धुलो र हिलोबाट बचाउनको लागि फोर्क ग्याटर समावेश गरिएको छ । हाल उपलब्ध मोडलको रियर सेक्शनमा ग्रयाब रेल कम लगेजको स्थानमा पारम्परिक पिलर ग्रयाब रेल समावेश गरिएको छ ।

सो बाइकको लन्चिङको बारेमा कम्पनीले केही जानकारी दिएको छैन । कम्पनीले नयाँ हिमालयन यही वर्ष लन्च गर्ने अनुमान गरिएको छ । साथै सो बाइकको मूल्य हाल उपलब्ध मोडल भन्दा कम हुने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...