प्रतिस्पर्धामा दुई प्रिमियम मोटरसाइकल, हिमालयन ४५० र ४५० एमटीमा कुन किन्ने ?

टु–ह्विलर बजारमा पछिल्लो समय दुई नयाँ एड्भेन्चर मोटरसाइकलको चर्चा चुलिँदो छ । प्रिमियम सेग्मेन्टका सीएफ मोटो एमटी ४५० र रोयल इनफिल्ड हिमालयन ४५० ले एड्भेन्चर बाइक पारखीको ध्यान खिच्न सफल भएका हुन् । यी दुबै मोटरसाइकलमा फिचर लगभग उस्तै भएपनि इन्जिन, पावर, पर्फमेन्स र मुल्यमा भने फरक छ । ४५० सीसी सेग्मेन्टमा अहिले यी दुई मोडलविच रोचक प्रतिस्पर्धा भैरहेको छ ।।

हिमालयन ४५० नेपालमा नै एसेम्बल गरिएको मोडल हो । यसमा ४५२ सीसीको नयाँ शेर्पा इन्जिन जडान गरिएको छ । रोयल इन्फिल्डले पहिलोपटक लिक्विड कुल्ड इन्जिन प्रयोग गरेका कारण पनि हिमालयन ४५० विशेष मानिन्छ । यो मोटरसाइकलमा जडान गरिएको इन्जिनले अधिकतम ४०.२ पीएस पावर तथा ४० एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

चिनियाँ टु–ह्विलर निर्माता सीएफ मोटोले उत्पादन गरेको एमटी ४५० अत्याधुनिक फिचर र टेक्नोलोजी मिश्रित प्रिमियम एड्भेन्चर मोटरसाइकल हो । यो नयाँ मोटरसाइकल अहिले प्रिमियम बाइक पराखीमाझ लोकप्रिय बनिरहेको छ । एमटी ४५० एड्भेन्चरमा ४४९ सीसी क्षमताको ट्वीन सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ४३.६ हर्षपावर तथा ४४ एनएमको टर्क जेनेरेट गर्छ । एमटी ४५० को टप स्पीड १९० किलोमिटर प्रतिघण्टा रहेको छ । यी दुबै मोटरसाइकलमा ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

फिचरको कुरा गर्नपर्दा हिमालयन ४५० मा परै एलइडी लाइट, टिजिटल टीएफटी राउन्ड कन्सोल, कनेक्टिभिटी सिस्टम, टर्न वाइ टर्न नेभिगेशन, मल्टिपल राइड मोड उपलब्ध छ । साथै, स्वीचएवल डबल च्यानल एबीएस, ट्युब टायर, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, यूएसडी र मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट, वीन्डस्क्रीन, फ्रन्ट फेन्डर र रेडियटर कभर छन् ।

त्यसैगरी, सीएफ मोटो एमटी ४५० मा पनि पुरै एलइडी लाइट, ट्रयाक्सन कन्ट्रोल, कनेक्टिभिटी सिस्टम, नेभिगेसन, नेक्स्ट जेन डिजिटल टिएफटी डिस्प्ले, स्लीपर क्लच, डबल च्यानल स्विचेवल एबीएस, स्पोक ह्वील दिइएको छ । साथै, यूएसबी पोर्ट, एडजष्टेवल यूएसडी फर्क र मोनोसक सस्पेन्सन, एड्जष्टेवल सिट जस्ता फिचर पाउन सकिन्छ ।

चार कलर अप्सनमा उपलब्ध हिमालयन ४५० को मुल्य ९ लाख ८९ हजार ५०० देखी १० लाख ३९ हजार ५०० रुपैयाँसम्म निर्धारण गरिएको छ भने एउटा भेरिएन्टमा मात्रै उपलब्ध एमटी ४५० लाई १२ लाख ५० हजार रुपैयाँ पर्छ ।

सम्बन्धित समाचारहरू

२०२६ मा रोयल इन्फिल्डको ठूलो योजना, सात नयाँ मोटरसाइकल लन्च हुँदै

२०२६ मा रोयल इन्फिल्डको ठूलो योजना, सात नयाँ मोटरसाइकल लन्च हुँदै

रोयल इन्फिल्डले भारतमा आफ्नो पोर्टफोलियोलाई अझ सशक्त बनाउँदै २०२६ मा सात...

१० लाख रोयल इन्फिल्ड बिक्री हुँदा नेपाल १० प्रतिशत बढीको अन्तर्राष्ट्रिय बजार

१० लाख रोयल इन्फिल्ड बिक्री हुँदा नेपाल १० प्रतिशत बढीको अन्तर्राष्ट्रिय बजार

रोयल इन्फिल्डले एक आर्थिक वर्षमा विश्वभर १० लाख मोटरसाइकल बिक्री गरेर...

पाकिस्तानमा गोप्य रूपमा निर्यात गरिन्छ भारतमा निर्मित रोयल इन्फिल्ड बाइक, तर दोब्बर मूल्यमा

पाकिस्तानमा गोप्य रूपमा निर्यात गरिन्छ भारतमा निर्मित रोयल इन्फिल्ड बाइक, तर दोब्बर मूल्यमा

भारतमा बनेका रोयल इन्फिल्ड बाइकहरू पाकिस्तानमा गोप्य रूपमा विक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...