रोयल इन्फिल्ड गुरिल्ला ४५० अब नेपालमा, मूल्य कति ?

काठमाडौं – नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ शहरी प्रदर्शनमुखी रोडस्टर ’गुरिल्ला ४५०’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

दैनिक शहर यात्रा, घुमाउरा सडक र लामो दूरीको यात्रालाई लक्षित गरी तयार पारिएको यो मोटरसाइकलले रोडस्टर श्रेणीमा चालकहरूलाई नयाँ र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको बताएको छ। गुरिल्ला ४५० एपेक्स, ड्यास र फ्ल्यास गरी तीनवटा संस्करण र आठवटा विभिन्न कलरहरूमा उपलब्ध हुनेछ।

रोयल इनफिल्डका सार्क व्यावसायिक प्रमुख दीपक काकरले नेपालमा गुरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि एउटा महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार कम्पनीले आफ्नो शुद्ध मोटरसाइकलिङ यात्राको १ सय २५ वर्ष मनाइरहेको अवसरमा नेपालमा यो शक्तिशाली र चुस्त मोटरसाइकल भित्र्याउनु उत्साहजनक कदम हो।

विशेषगरी नेपाली सडकको अवस्था र युवा पुस्ताको रोजाइलाई ध्यानमा राखेर बनाइएको यो मोटरसाइकलले खेलकुद जस्तो रोमाञ्चक सवारी मन पराउने ग्राहकहरूको मन जित्ने उनले दाबी गरे।

यो मोटरसाइकलमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर भएको लिक्विड कुल्ड शेर्पा इन्जिन जडान गरिएको छ। यसले ८ हजार आरपीएममा ४० पीएस शक्ति र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्दछ।

कम्पनीका अनुसार कुल टर्कको ८५ प्रतिशतभन्दा बढी हिस्सा ३ हजार आरपीएमबाटै उपलब्ध हुने भएकाले शहरी ट्राफिकदेखि राजमार्गसम्म यसको प्रदर्शन निकै सहज हुनेछ। सवारीलाई थप आरामदायी बनाउन यसमा ६–स्पिड गियरबक्स, असिस्ट एण्ड स्लिप क्लच, राइड–बाई–वायर प्रविधि र ’स्पोर्ट’ तथा ’स्ट्रिट’ गरी दुईवटा राइडिङ मोडहरू उपलब्ध गराइएको छ।

बनावट र विशेषताका हिसाबले गुरिल्ला ४५० मा ११ लिटरको इन्धन ट्यांकी, एलईडी हेडलाइट, एकीकृत टेलल्याम्प र स्टेप बेन्च सिट जस्ता सुविधाहरू छन्। यसमा ४३ एमएमको सोवा टेलिस्कोपिक फ्रन्ट फोर्क र १७ इन्चको ट्युबलेस टायर प्रयोग गरिएको छ जसले मोटरसाइकललाई सडकमा स्थिर र नियन्त्रणमा राख्न मद्दत गर्दछ। सूचना र प्रविधिका लागि सबै संस्करणमा ४ इन्चको टिएफटी ’ट्रिपर ड्यास’ राखिएको छ, जसमा गुगल म्यापमा आधारित नेभिगेसन र स्मार्टफोन कनेक्ट गर्ने सुविधा समावेश छ।

कम्पनीले एपेक्स संस्करणलाई थप आकर्षक बनाउन सडक केन्द्रित टायर, विशेष डिजाइन गरिएको सिट कभर र कलरफुल कउलहरू प्रयोग गरेको छ। साथै ग्राहकहरूले इन्जिन गार्ड, सम्प गार्ड, शहरी सिट र साइड ब्याग जस्ता विभिन्न थप एसेसरिज पनि रोज्न सक्नेछन्।

नेपालमा उपलब्ध गुरिल्ला ४५० को मूल्य सबै कलर र संस्करणका लागि हाल ८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इन्फिल्ड संसारकै पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो, जसले अहिले आइसर मोटर्स लिमिटेड अन्तर्गत विश्वका ८० भन्दा बढी देशहरूमा आफ्नो सेवा विस्तार गरिरहेको छ।

सम्बन्धित समाचारहरू

विभिन्न कार्यक्रम गरी सम्पन्न भयो रोयल इन्फिल्ड ‘वान राइड २०२४’

विभिन्न कार्यक्रम गरी सम्पन्न भयो रोयल इन्फिल्ड ‘वान राइड २०२४’

काठमाडौं–रोयल इन्फिल्डको नेपालका लागी आधिकारिक बिक्रेता अल्फा...

रोयल इनफिल्डले नेपाल ल्यायो नयाँ मेटियर ३५०, मूल्य कति ?

रोयल इनफिल्डले नेपाल ल्यायो नयाँ मेटियर ३५०, मूल्य कति ?

काठमाडौं–रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ २०२५...

कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर

कस्तो हुनेछ रोयल इनफिल्डको दोस्रो इलेक्ट्रिक मोटरसाइकल ? भारतमा पेटेन्ट डिजाइन दायर

रोयल एनफिल्डले भारतमा आफ्नो फ्लाइङ फ्ली एस६ स्क्र्याम्बलरको डिजाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...