रोयल इनफिल्डको नयाँ बाइक २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी अग्रणी कम्पनी रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले २०२६ एडिसनको गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक गरेको छ। बबर-इन्स्पायर्ड डिजाइनमा आएको यो मोटरसाइकल स्वतन्त्र र मुक्त जीवनशैलीलाई प्रतिनिधित्व गर्ने शैलीसँगै राइडर केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

नयाँ मोडलमा ३४९ सीसी एयर–कुल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ६,१०० आरपीएममा २०.२ बीएचपी पावर र ४००० आरपीएममा २७ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीका अनुसार यो इन्जिनलाई लेड ब्याक बबर स्टाइल अनुरूप स्मुद र आरामदायी राइडिङ अनुभव दिन विशेष रूपमा टयुन गरिएको छ। यसको ५ स्पिड गियरबक्सले सहरको भीडभाड देखि खुला राजमार्गसम्म सहज गियर परिवर्तन र आरामदायी यात्राको अनुभव सुनिश्चित गर्छ ।

मोटरसाइकलमा नयाँ एसिस्ट एन्ड स्लिपर क्लच अपग्रेड गरिएको यूएसबी टाइप–सी चार्जिङ पोर्ट तथा डाउन शिफ्टमा राम्रो नियन्त्रण दिने प्रणाली समावेश गरिएको छ। यसले राइडरलाई थप सहज, सुरक्षित र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ।

डिजाइनतर्फ यसले आफ्नो सिग्नेचर स्टाइल–सिट बबर स्टाइलिङ कायम राखेको छ। फ्लोटिङ राइडर सिट, ह्वाइटवाल एज–टाइप आल्मुनियम टयुबलेस स्पोक ह्विल्स, चोपर स्टाइल फेन्डर, स्ल्यास–कट एक्जस्ट र मिड एप ह्यान्डलबारले यसलाई बोल्ड कस्टम कल्चर झल्काउने प्रिमियम लुक दिएका छन् ।

लन्चका अवसरमा अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले नेपालका राइडरहरू माझ यो मोडलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे। उनका अनुसार गोवन क्लासिक ३५० ले स्वतन्त्र जीवनशैली रुचाउने राइडरहरूका लागि ब्रान्डको लाइन अपमा फरक पहिचान बनाउनेछ। यो मोडल नेपालभरिका सबै आधिकारिक रोयल इन्फिल्डको शोरुमहरुमा उपलब्ध हुनेछ ।

गोवन क्लासिक ३५० शार्क ब्ल्याक र पर्पल हेजको मूल्य ५ लाख ९८ हजार र ट्रिप टील र रेभ रेडको मूल्य ६ लाख २ हजार रुपैयाँ तोकिएको छ ।

सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। ब्रिटिश विरासतबाट सुरु भएको यो ब्रान्डले भारतको मिड–साइज दुईपांग्रे सवारी सेग्मेन्टको विकासमा अग्रणी भूमिका खेलेको छ। नेपालमा समेत रोयल इन्फिल्ड धेरै नै रुचाइएको ब्रान्ड हो ।

पहिले देखि नै नेपाली बजारमा समेत क्लासिक ३५०, हिमालयन ४५०, मेटियर ३५० लगायतका मोडल उपलब्ध छन् । हालै कम्पनीले इलेक्ट्रिक मोबिलिटी ब्रान्ड ‘फ्लाइङ फ्ली’ समेत सार्वजनिक गरेको छ । नेपालमा रोयल इन्फिल्डका मोटरसाइकल एसेम्बल हुँदै आएका छन् ।

सम्बन्धित समाचारहरू

भारतमा हरेक महिना ३० हजार भन्दा बढी युनिट बिक्री हुन्छ रोयल इन्फिल्डको यो मोटरसाइकल

भारतमा हरेक महिना ३० हजार भन्दा बढी युनिट बिक्री हुन्छ रोयल इन्फिल्डको यो मोटरसाइकल

रोयल इन्फिल्डले सेप्टेम्बर महिनामा भारतमा कुल ७९ हजार ३ सय २६ युनिट...

नाइमा एक्सपोमा रोयल इन्फिल्डप्रति बाइकर्सको चासो

नाइमा एक्सपोमा रोयल इन्फिल्डप्रति बाइकर्सको चासो

काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५...

रोयल इन्फिल्डले इलेक्ट्रिक बाइकसहितका नयाँ थुप्रै बाइक ल्याउँदै

रोयल इन्फिल्डले इलेक्ट्रिक बाइकसहितका नयाँ थुप्रै बाइक ल्याउँदै

रोयल इन्फिल्डले हालसालै केही पुराना बाइक अपडेट गरे पछि अब नयाँ मोडल लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...