रोयल इन्फिल्डको डकार र्याली रेसिङ बाइकमा आधारित ८५० सीसीको एड्भेन्चर बाइक सार्वजनिक
रोयल इन्फिल्डले बेलायतको गुडवुड फेस्टिवल अफ स्पिडमा ८५० सीसी एड्भेन्चर...
रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको मिति पनि खुलासा गरेको छ । सो मोटरसाइकल नोभेम्बर ४, २०२४ मा सार्वजनिक गर्ने भएको छ । साथै कम्पनीले सो इलेक्ट्रिक मोटरसाइकलको पहिलो टिजर पनि सार्वजनिक गरेको छ । सो टिजरमा एक मोटरसाइकललाई प्यारासुटको सहायताले अन्तरिक्षबाट तल झरेको देखाइएको छ ।
कम्पनीले सो इलेक्ट्रिक मोटरसाइकलसँग सम्बन्धित कुनै पनि विवरण साझा गरेको छैन । कम्पनीले सो मोटरसाइकल सार्वजनिक गर्ने भनिएको मिति कम्पनीका लागि उपयुक्त समय मानिएको छ । तर, यसको डिजाइन, फिचर, रेन्ज र मूल्यले बजारमा यसको भविष्य निर्धारण गर्नेछ। कम्पनीका लागि अर्को ठुलो फाइदा भनेको ओलाको पहिलो इलेक्ट्रिक मोटरसाइकल अघि नै लन्च गर्न लागेको हो ।
रोयल इन्फिल्डको इलेक्ट्रिक मोटरसाइकलको डिजाइन यसअघि पनि लीक भएको थियो । यसको च्यासिस डिजाइन पूर्णतया नयाँ हुनेछ । यसमा र्याक-आउट फ्रन्ट एन्ड, स्कूप-आउट सोलो स्याडल र खुला, झुकेको फेन्डर फिचर हुन सक्ने सम्भावना छ । इन्धन ट्याङको लुपिङ फ्रेमले मोटरसाइकल धेरै फरक देखिने अनुमान गरिएको छ ।
सो इलेक्ट्रिक मोटरसाइकलमा ब्याट्री प्याकलाई फ्रेमको रूपमा प्रयोग गर्न सकिने अनुमान गरिएको छ । यसमा ब्याट्री कभर र मोटर दुवै वरिपरि फिट गर्न सकिन्छ। बाइकको दायाँ छेउमा बेल्ट ड्राइभ हुन सक्छ र दुबै छेउमा डिस्क ब्रेक हुनेछ। यसमा स्विङआर्मको माथिल्लो एलिमेन्टसँग जोडिएको मोनोशक हुनेछ । सो इलेक्ट्रिक मोटरसाइकलको मुख्य आकर्षण फ्रन्ट सस्पेन्सन सेटअप हो, जहाँ गर्डर फोर्कहरू देख्न सकिन्छ ।
योसँगै कम्पनीले आफ्नो नयाँ ६५० सीसी स्क्र्याम्बलर सार्वजनिक गर्ने सम्भावना छ, जसलाई इन्टरसेप्टर बियर ६५० नाम दिइएको छ ।
रोयल इन्फिल्डले बेलायतको गुडवुड फेस्टिवल अफ स्पिडमा ८५० सीसी एड्भेन्चर...
नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० भारतमा लन्च गरिएको छ । बाइकमा पहिलेको भन्दा...
रोयल इन्फिल्डले आफ्नो लोकप्रिय मोटरसाइकल हन्टर ३५० हालसम्म ५ लाख युनिट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...