क्लासिक ३५० सिग्नल्स भेरिएन्ट दुई कलरमा नेपाली बजारमा उपलब्ध हुने

रोयल इन्फिल्डले आफ्नो सबै भन्दा लोकप्रिय मोडल क्लासिक ३५० को सिग्नल्स भेरिएन्ट अन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु एयरबर्न ब्लु र स्टोर्मराइडर स्यान्ड सर्वजनिक गरेको छ ।

रेट्रो लु्क्स र म्याट फिनिस भएको सो मोटरसाइकलमा थप सुरक्षाको लागि ड्युअल च्यानल एबीएस पनि रखिएको छ । सुरुवाती दिनहरु देखि नै सफलता हासिल गर्दै आएको रोयल इन्फिल्ड ब्रान्डका मोटरसाइकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिदै यो मोटरसाइकल नेपाली बजारमा ल्याएको बताइएको छ ।

आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनि सो मोटरसाइकलले युवा देखि वृद्ध सम्म सबैको मन जितिरहेको र अझ धेरै मानिसहरुको मनमा बस्ने कम्पनीको भनाइ छ ।

नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोवाइल्स प्रालिले आफ्नो १९ वटै शाखा तथा डिलरहरुमा क्लासिक ३५० सिग्नल्स बिक्री प्रवद्र्घन शुरु गर्ने बताएको छ । बीएस फोर संस्करण अन्तर्गत रेट्रो लुक्स, म्याट फिनिस भएको सो मोटरसाइकलमा थप सुरक्षाको लागि ड्युअल च्यानल एबीएस पनि राखिएको छ । यसको मूल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ राखिएको छ । मंसिर १४ गते आइतबार देखि यसको बुकिङ तथा विक्री वितरण सुरु गरिने कम्पनीको भनाइ छ ।

सन् २००८ देखि बिक्री बितरणमा आएको रोयल इन्फिल्ड क्लासिक ३५० मोडलका मोटरसाइकलहरुले दोस्रो विश्व युद्ध पश्चातको ब्रिटिश मोटरसाइकलहरुको स्मरण गराउँछ, जुन सरल तर एक्दमै मज्बुत थिए ।

रोयल इन्फिल्ड क्लासिक ३५० को इन्जिन, अगाडि र पछाडिको मडगार्ड, हेडलाइटको केसिङ, फ्युल ट्यांक, ओभल टुलबक्स, एक्जस्ट फिन, स्पिडोमिटर डायल्स, सिंगल सिट, स्प्रिङ स्याडल, टेललाइट एसेम्बली र हेडलाइट सबैले दोस्रो विश्व युद्ध पश्चातको ब्रिटिश मोटरसाइकलहरुको स्मरण गराउँछ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...