यस्तो हुन सक्छ रोयल इन्फिल्ड हिमालयनको अपडेट मोडल
रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ ।
३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ ।
यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्दछ । यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन प्याडिङले शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिन्छ ।
अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले रोयल इन्फिल्डका अन्य मोडल जस्तै यो मोटरसाइकल पनि ग्राहकको आकर्षण पर्ने बताए । ‘रोयल इन्फिल्ड मोटरसाइकल नेपाली बजारमा निकै लोकप्रिय छन्, थप नयाँ मोडलको मोटरसाइकल आउँदा हामी खुसी छौं, यो मोटरसाइकलले दुई पाङ्ग्रे सवारीका प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्नेछ,’ उनले भने ।
नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् । बाइकमा अगाडि रहेको ट्विन्स पिस्टन फ्लोटिङ क्यालिपर सहितको ३०० एमएम र पछाडि रहेको सिंगल पिस्टन फ्लोटिङ क्यालिपर सहितको १५३ एमएमको डिस्क ब्रेकहरूले अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ ।

नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ ।
नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसनको प्रारम्भिक मूल्य ५ लाख ५५ हजार ७ सय रुपैयाँ छ । देशभर रहेका २४ शोरुममा लन्च र बिक्री खुला गरिएको तथा नजिकको रोयल इन्फिल्डको सोरुममा गएर यसलाई अवलोकन गर्न र टेस्ट राइड गर्न सकिन्छ ।
रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...
रोयल इनफिल्डले अन्ततः भारतमा आफ्नो पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६...
रोयल इन्फिल्डले ४५० सीसी लिक्विड कुल्ड सिंगल सिलिन्ड इन्जिनमा आधारित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...