रोयल इन्फिल्डले लन्च ग-यो गुरिल्ला ४५० को लागि नयाँ एसेसरिज
स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...
काठमाडौं–मध्यम आकारको मोटरसाइकल(२५० सीसी–७५० सीसी) उत्पादनमा विश्व्यापी रुपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० को अपग्रेडेड भर्सन नेपालमा सार्वजनिक गरेको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो ।
रोयल इन्फिल्डको नेपालस्थित एसेम्वल प्लान्टमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुग्ने बताइएको छ ।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सले यसको सुरुवातीे मुल्य ५ लाख ५५ हजार निर्धारण गरेको छ । सुरुवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबिएससहित प्रिमियम एलईडी हेडल्याम्प र एलईडी पाइलट ल्याम्प पनि उपलब्ध गराएको छ ।
त्यस्तै, यी मोटरसाइकलमा टाइप सी युएसबी चार्जर, गियर सुचक जनाउने गियर इन्डिकेटर पनि राखिएको छ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक ३५० को सबै भेरियन्टमा एवीएस उपलब्ध हुनेछ ।
न्यू क्लासिक ३५० सातवटा आकर्षक कलरमा उपलब्ध हुनेछ । हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा गरी कुल पाँच भेरियन्टमा उपलब्ध यसको प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन दिइएको छ् । यी मोटरसाइकलको मूल्य क्रमशः ५ लाख ५५ हजार, ५ लाख ६६ हजार, ५ लाख ६६ हजार, ५ लाख ७३ हजार र ५ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भने, ‘नेपाली बजार हाम्रा लागि सधैं विशेष रहदै आएको छ । सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटोरसाइकलप्रति ग्राहकले दर्शाएको मायाबाट हामी निकै हर्षित र कृतज्ञ छौ । ग्राहकसँग प्रगाढ सम्बन्ध र माया गाँस्न पाउँदा हामी निकै गौरवान्वित छौं । मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीले रोयल इन्फिल्डलाई विश्वास गरिरहनुभएको छ । यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ । ग्राहकले हामीलाई जति माया दर्शाउनुहुन्छ उत्तिनै हामी पनि ग्राहकका राईड अनुभवलाई सहज बनाउने काममा अग्रसर हुनेछौं ।’
नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरङले यसलाई अझै सुन्दर बनाएको उनले बताए । ‘हाम्रो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास लिएका छौं’ गुलेरियाले भने ।
नयाँ क्लासिक ३५० ले एवीएस मात्रै नभई विश्वव्यापी रुपमा प्रख्यात इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि प्रदान गर्ने बताइएको छ । आकर्षक भिन्टेज लुक्स र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसँगै त्यसको डीनएको आधिकारिक स्वरुप बन्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीका अनुसार, क्लासिक ३५० ले इनफिल्ड स्वरुपको ऐतिहासिकता र आधुनिकतालाई कलात्मक र रचनात्मक रुपमा जोडेको छ । यस मोडलले रोयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ । यो मोडलले रोयल इनफिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ । आधुनिक सुधार सहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङलाई थप रोमाञ्चित बनाउने छ ।
रोयल इन्फिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ । त्रिवेणी समूहसँगको सहकार्यकमा सार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिवद्धताका लागि सिकेडी राखिएको हो । वीरगंजमा रहेको सिकेडिमा वार्षिक २० हजार युनिट बाइक एसेम्बल हुन्छ । सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बंगलादेश मा छ भने भारतको तमिलनाडुमा स्टेट अफ आर्ट म्यानुफेक्चरिङ प्लान्ट रहेको छ ।
स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
रोयल इनफिल्डले छिट्टै तीनवटा नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...