२०२६ मा रोयल इन्फिल्डको ठूलो योजना, सात नयाँ मोटरसाइकल लन्च हुँदै
रोयल इन्फिल्डले भारतमा आफ्नो पोर्टफोलियोलाई अझ सशक्त बनाउँदै २०२६ मा सात...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिद्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । गत फागुन २३ देखि २५ सम्म सो क्याम्प ललितपुरको बालकुमारीस्थित रोयल इन्फिल्डको सर्भिस सेन्टरमा आयोजना गरिएको थियो ।
कार्यक्रमको औपचारिक उदघाटन अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको सो क्याम्पमा रोयल इन्फिल्ड राइडर एवम् ग्राहकहरूका लागि विशेष सेवा अफर, हेल्मेट सेफ्टीका बारेमा जानकारी, विशेषज्ञहरूसँग अन्तरक्रिया र मनोरञ्जनात्मक गतिविधिहरू सहित आयोजना गरिएको थियो ।
क्याम्पमा ग्राहकहरूका लागि विभिन्न विशेष सर्भिस अफर उपलब्ध गराइनुका साथै स्पेयर पाट्र्स, लुब्रिकेन्ट र लेवर चार्जमा १० प्रतित छुटको पनि व्यवस्था गरिएको थियो । त्यसैगरी, सहभागीहरूले ग्यारेन्टी उपहार, विशेष सर्भिसिङ छुट, लक्की ड्र उपहार, रमाइला खेलहरू, विशेषज्ञहरूसँग अन्तरक्रिया, छिटो मर्मत सेवा, फ्रि वास, बाइक एक्सचेन्ज सुविधा, बाइक फाइनान्स सुविधा पाउनुका साथै रोयल इन्फिल्ड राइडरहरूका लागि दिवा खनाको समेत ब्यवस्था गरिएको थियो ।
क्याम्पमा तीन दिनको अवधिमा झण्डै २ हजार जना सहभागी भए भने ५०० भन्दा बढी बाइकहरूको सर्भिसिङ गरिएको कम्पनीको भनाइ छ । महिला राइडरहरू तथा पुराना ग्राहकहरूले समेत कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।
अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले भने, ‘यस प्रकारको कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ मजबुत बनाउँछ । यसले ग्राहकहरूलाई सिधै कम्पनीका अधिकारीहरूसँग अन्तरक्रिया गर्न अवसर प्रदान गर्छ ।’
यसै सन्दर्भमा अल्फा अटोमोटिभले प्रत्येक वर्ष नेपालभर नै मेगा सर्भिस क्याम्प आयोजना गर्ने घोषणा गरेको छ । आगामी वर्षहरूमा अझ स्तरीय सेवा र ग्राहक संलग्नता प्रदान गरिने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ।
रोयल इन्फिल्डले भारतमा आफ्नो पोर्टफोलियोलाई अझ सशक्त बनाउँदै २०२६ मा सात...
रोयल इन्फिल्डले आफ्नो लोकप्रिय मोटरसाइकल हन्टर ३५० हालसम्म ५ लाख युनिट...
रोयल इन्फिल्डले आफ्नो नयाँ २०२५ मेटियर ३५० बाइक लन्च गरेको छ । मिडसाइज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...