रोयल इन्फिल्ड गुरिल्ला ४५० अब स्पोर्ट्स बाइक भर्सनमा आउने

रोयल इन्फिल्डले भारतीय बजारमा गुरिल्ला ४५० लन्च गरिसकेको छ । सो बाइक ३०० सीसी देखि ५०० सीसी सेगमेन्टमा उपलब्ध छ । अब कम्पनीले सो बाइकको स्पोर्ट्स बाइक पनि लन्च गर्ने तयारी गरिरहेको छ, जसले भारतलगायत विश्व बजारमा पनि धेरै बाइकसँग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार रोयल इन्फिल्डले ४५० सीसी प्लेटफर्ममा आधारित पाँच वटा मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ । यी ५ मध्ये दुई वटा मोटरसाइकल हिमालयन ४५० र हालै लन्च गरिएको गुरिल्ला ४५० बाइक हुन् । तेस्रो मोटरसाइकल शेर्पा ४५० प्लेटफर्ममा आधारित रोयल इन्फिल्डको सबैभन्दा स्पोर्टी बाइक हुने सम्भावना छ। यो एक सेमी-फेयर स्पोर्ट्स बाइक हुनेछ ।

गुरिल्ला ४५० को स्पोर्ट्स बाइक रेट्रो क्याफे रेसरको रूपमा प्रस्तुत गर्ने सम्भावना छ । यसको मूल्य गुरिल्ला ४५० भन्दा बढी हुन सक्छ । सो बाइक गुरिल्ला ४५० मा आधारित स्पोर्ट्स बाइक कन्टिनेन्टल जीटी-आर ४५० नाममा आउने अपेक्षा गरिएको छ । साथै यसमा कन्टिनेन्टल जीटी ६५० को डिजाइन पनि देख्न सकिनेछ ।

रोयल इन्फिल्ड गुरिल्ला ४५० को स्पोर्ट्स बाइकको सिट माथि हुन सक्छ । यसमा राउन्ड एलईडी हेडलाइट, आरएसयू टेलिस्कोपिक फ्रन्ट फोर्कको सट्टा यूएसडी टेलिस्कोपिक फ्रन्ट फोर्क, बार-एन्ड मिरर, नयाँ अलोय ह्विल, रियरमा १६० सेक्शनको पाङ्‍ग्रा, ट्रिपर ड्यास गुगल म्याप र म्युजिक कन्ट्रोल जस्ता फिचरले सुसज्जित हुन सक्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

शक्तिशाली इन्जिन र फिचरसहित रोयल इन्फिल्डले ३ उत्कृष्ट बाइक लन्च गर्ने

शक्तिशाली इन्जिन र फिचरसहित रोयल इन्फिल्डले ३ उत्कृष्ट बाइक लन्च गर्ने

रोयल इन्फिल्ड बाइकको डिजाइन, इन्जिन र साउन्डका कारण कम्पनीका बाइकप्रति...

रोयल इन्फिल्डको सबैभन्दा शक्तिशाली बाइक बुलेट ६५० सार्वजनिक, नोभेम्बरमा लन्च हुने सम्भावना

रोयल इन्फिल्डको सबैभन्दा शक्तिशाली बाइक बुलेट ६५० सार्वजनिक, नोभेम्बरमा लन्च हुने सम्भावना

रोयल इन्फिल्डले हालै सम्पन्न इक्मा अटो शो २०२५ मा बुलेट श्रृंखलाको...

पाकिस्तानमा गोप्य रूपमा निर्यात गरिन्छ भारतमा निर्मित रोयल इन्फिल्ड बाइक, तर दोब्बर मूल्यमा

पाकिस्तानमा गोप्य रूपमा निर्यात गरिन्छ भारतमा निर्मित रोयल इन्फिल्ड बाइक, तर दोब्बर मूल्यमा

भारतमा बनेका रोयल इन्फिल्ड बाइकहरू पाकिस्तानमा गोप्य रूपमा विक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...