रोयल इन्फिल्डको नयाँ ६५० सीसी बाइक ‘बियर ६५०’ सार्वजनिक

रोयल इन्फिल्डले बजारमा उपलब्ध गराउने तयारी गरेको ६५० सीसीको नयाँ बाइक बियर ६५० सार्वजनिक भएको छ । कम्पनीले पहिले देखि नै उपलब्ध गराइरहेका ६५० सीसी प्लेटफर्ममा आधारित यो नयाँ स्क्र्याब्बलर बाइक हो । यो हाल उपलब्ध इन्टरसेप्टर ६५० मा आधारित छ । यसको आफ्नै पहिचान दिनका लागि केही महत्वपूर्ण परिवर्तन गरिएको छ ।

रोयल इन्फिल्ड बियर ६५० मा इन्टरसेप्टर ६५० कै च्यासिस प्रयोग गरिएको छ, तर फरक सस्पेन्सन र ह्विल साइज छ । यसको फ्रन्ट र रियर ह्विल पहिले १८, १८ इन्च भएकोमा अब १९ र १७ इन्च बनाइएको छ, जसले गर्दा स्क्र्याम्बलर मोटरसाइकलसँग मिल्छ । यसमा रोयल इन्फिल्ड सटगन बाइकमा प्रयोग गरिए जस्तै शोवा यूएसडी फोर्क्स प्रयोग गरिएको छ भने रियरमा नयाँ ड्युअल शक एब्जर्बर प्रयोग गरिएको छ ।

सस्पेन्सन ट्राभल पनि बढाइएको छ । इन्टरसेप्टरमा भएको ११०, ८८ एमएमलाई बढाएर यसमा १३० र ११५ एमएम बनाइएको छ । यसकारण यसको सिट हाइट बढेर ८३० एमएम पुगेको छ, जुन ६५० सीसी बाइकमा भएको सबैभन्दा अग्लो सिट हाइट बनेको छ ।

यो बाइकमा भएको स्पोक ह्विलमा एमआरएफको नाइलोरेक्स ब्लक प्याटर्न टायर पहिलो पटक प्रयोग गरिएको छ ।

फ्रन्ट डिस्क उही ३२० एमएमको छ भने रियर डिस्क २४० बाट २७० एमएम पु¥याइएको छ । यसमा ड्युअल च्यानल एबीएस, नयाँ फराकिलो ह्यान्डलबार र फरक खालको फुट पेग पोजिसन रहेको छ ।

बियर ६५० मा इन्टरसेप्टर ६५० कै जस्तो ६४८ सीसी प्यारालल ट्विन इन्जिन प्रयोग गरिएको छ । यद्यपि यसमा ड्युअल एक्जस्ट पाइपको सट्टा टु–इनटु वान सिस्टमको सिंगल एक्जस्ट उपलब्ध छ । यसकारण यसको टर्क उही आरपीएममा केही बढेर ५६.५ एनएम पुगेको छ भने पिक पावर भने उही ४७ एचपी छ ।

  • इन्टरसेप्टरमा आधारित रोयल इन्फिल्डको ६५० सीसी प्लेटफर्ममा बनेको पाँचौ बाइक
  • फरक ह्विल साइज र अझै लामो ट्राभल सस्पेन्सन
  • ६५० सीसीका सबै बाइक मध्ये सबैभन्दा बढी टर्क

यो बाइकमा रोयल इन्फिल्डको उही परिचित राउन्ड एलईडी हेडल्याम्प छ भने नयाँ एलईडी इन्डिकेटर छ । स्क्र्याब्लर भाइब दिनका लागि यसको साइड प्यानलमा नम्बर बोर्ड छ भने ग्राउन्ड क्लियरेन्स पनि केही बढेर १८४ एमएम पुगेको छ ।

यसमा रोयल इन्फिल्ड गुरिल्ला र हिमालयनमा भए जस्तै नयाँ सर्कुलर टीएफटी डिस्प्ले रहेको छ र यसले गुगल म्याप सपोर्ट गर्छ भने यसलाई नयाँ स्विचगियरबाट कन्ट्रोल गर्न सकिन्छ ।

रोयल इन्फिल्ड बियर ६५० पाँच विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ । यसको मूल्य र अन्य विस्तृत जानकारी आगामी नोभेम्बर ५ मा सार्वजनिक हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

यस्ता छन् रोयल इन्फिल्ड बुलेट ३५० को न्यु जेनेरेशन बाइकका महत्वपूर्ण विशेषता

यस्ता छन् रोयल इन्फिल्ड बुलेट ३५० को न्यु जेनेरेशन बाइकका महत्वपूर्ण विशेषता

रोयल इन्फिल्डले बुलेट ३५० को न्यु जेनेरेशन बाइक भारतीय बजारमा लन्च गरेको छ...

रोयल इन्फिल्ड लेडी राइडर्स गेट टुगेदर सम्पन्न, रोड सेफ्टी ट्रेनिङ र अन्तरक्रिया आयोजना

रोयल इन्फिल्ड लेडी राइडर्स गेट टुगेदर सम्पन्न, रोड सेफ्टी ट्रेनिङ र अन्तरक्रिया आयोजना

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले रोयल...

रोयल इन्फिल्ड हिमालयन ४५० मा हुनेछन् यी नयाँ विशेषता

रोयल इन्फिल्ड हिमालयन ४५० मा हुनेछन् यी नयाँ विशेषता

रोयल इन्फिल्डले छिट्टै लन्च गर्ने तयारी थालेको हिमालयन ४५० अहिले अफरोड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...