रोयल इन्फिल्डको एकैदिन नयाँ मोटरसाइकल लन्च र शोरुम उद्घाटन
काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्स...
रोयल इन्फिल्डले अब नयाँ मोटरसाइकल इन्टरसेप्टर बियर ६५० लन्च गर्ने तयारी गरिरहेको छ । हालै यसको तस्बिर कुनै क्यामोफ्लेज बिनै अनलाइन लिक भएको छ । सो मोटरसाइकल यसै वर्ष मोटरसाइकलको अन्तर्राष्ट्रिय प्रदर्शनी ईआईसीएमएमा डेब्यु गर्ने अनुमान गरिएको छ ।
रोयल इन्फिल्डले पहिले नै भारतमा इन्टरसेप्टर बियर ६५० का लागि डिजाइन पेटेन्ट र नेमप्लेट पेटेन्ट दर्ता गरेको छ । यस अनुसार यो मोटरसाइकल यो वर्षको अन्त्यमा भारतमा हुने मोटोभर्स इभेन्टमा लन्च हुने सम्भावना पनि छ ।
नयाँ इन्टरसेप्टर बियर ६५० को च्यासिस धेरै हद सम्म हाल उपलब्ध इन्टरसेप्टर ६५० बाट लिइएको छ । यद्यपि यसमा केही परिमार्जन भने गरिएको छ । मोटरसाइकलको पछिल्लो भागमा नयाँ स्प्रिङ हुनेछ, जसले यात्रालाई अझै राम्रो बनाउने छ । अघिल्लो भागमा अपसाइड डाउन फोर्क्सको प्रयोग गरिएको छ ।
रोयल इन्फिल्डले सस्पेन्सन सिस्टमलाई सटिक ट्युनिङ दिनका लागि शोवा कम्पनीका साथ साझेदारी गर्न सक्ने छ । स्क्र्याम्बलर मोटरसाइकल भएकाले यसममा स्पोक ह्विल र ड्युअल पर्पस टायर पनि हुनेछ ।
नयाँ इन्टरसेप्टर बियर ६५० मा हेडल्याम्प अन्य मोडलबाट लिइएको छ । यसमा टर्न इन्डिकेटर पनि एलईडी हुनेछ, जसको डिजाइन हिमालयन ४५० सँग मिल्दोजुल्दो हुनेछ । यसममा एलईडी टेलल्याम्प पनि दिइएको छ ।
यसको बडीवर्क निकै साधारण छ र यसमा नयाँ साइड प्यानल पनि सामेल गरिएको छ । हाल कुनै रोयल इन्फिल्डको ६५० सीसी बाइकमा प्रयोग भएको इन्जिन नै यसमा प्रयोग गरिने छ । सो इन्जिनले लगभग ४७ बीएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्न सक्छ । यसममा स्मुथ सिफ्टिङ हुने ६–स्पिड ट्रान्समिसन जोडिएको छ । यसमा नयाँ सिंगल साइडेड एक्जस्ट सिस्टम पनि दिन सकिने छ ।
अहिले सम्म यसको मूल्य र लन्च डेट भने सार्वजनिक भएको छैन । यसको डिजाइन, फिचर र इन्जिनका आधारमा यसले रोयल इन्फिल्डको मौजुदा लाइनअपमा महत्वपूर्ण स्थान लिन सक्ने अनुमान गरिएको छ ।
काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्स...
काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...