बीवाईडीको लोभलाग्दो प्रगति : १३ वर्षमा ३० लाख युनिट कार उत्पादन
चिनियाँ कम्पनी बीवाईडीले १३ वर्षमा ३० लाख युनिट उत्पादन तथा बिक्री गरेको छ...
इलेक्ट्रिक टु-व्हिलर स्टार्ट-अप ओबेन इलेक्ट्रिकले हालै आफ्नो रोर इलेक्ट्रिक बाइक लन्च गरेको छ । कम्पनीले यसको मूल्य १ लाख १० हजार भारु राखेको छ ।
ओबेन रोरमा ८ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले एक पटक चार्जमा १८७ किलोमिटरको रेन्ज प्रदान गर्छ । सो इलेक्ट्रिक मोटरसाइकलको टप स्पिड १०० किलोमिटर प्रति घण्टा छ । यसले मात्र ३ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रति घण्टाको गति हासिल गर्न सक्छ । यसको ब्याट्री फूल चार्ज हुनको लागि मात्र २ घण्टाको समय लाग्छ ।
सो बाइकमा इको, सिटी र हक गरी तीन राइडिङ मोड उपलब्ध छ । यसको इको मोडमा लामो दुरी तय गर्न सकिन्छ, सिटी मोडमा नियमित कामको लागि उपयोग गर्न सकिन्छ र हक मोडमा सबैभन्दा बढी पावर प्राप्त गर्न सकिन्छ ।
बाइकको बिक्री बढाउन ओबेन इलेक्ट्रिकले आफ्नो ओबेन रोर इलेक्ट्रिक बाइकमा विशेष डिल अफर गरिरहेको छ। कम्पनीले दिल्लीमा पहिलो १०० ग्राहकहरूलाई ४० हजार भारु छुट उपलब्ध गराएको छ । कम्पनीले यस वर्षको अन्त्यसम्ममा भारतका १२ सहरमा ५० शोरुम र सेवा केन्द्र खोल्ने लक्ष्य राख्दै थप विस्तार योजनामा काम गरिरहेको छ।
चिनियाँ कम्पनी बीवाईडीले १३ वर्षमा ३० लाख युनिट उत्पादन तथा बिक्री गरेको छ...
चेरीको नयाँ एसयुभी फुलविन ए८एल ले सर्बाधिक रेन्ज दिने हाइब्रिड कारका...
काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...