२०३० सम्ममा सम्पूर्ण रेन्जलाई इलेक्ट्रिफाई गरिसक्ने रोल्स रोयसको उद्घोष

बिलासी कार उत्पादक रोल्स रोयसले सन् २०३० सम्ममा आफ्ना सम्पूर्ण रेन्जलाई इलेक्ट्रिक भर्सनमा कन्भर्ट गरिसक्ने उद्घोष गरेको छ । जस अन्तर्गत उसले पहिलो चरणमा सन् २०२३ भित्रै हाल कारोबार भैरहेको रेइथ मोडललाई बिस्थापन गर्दै नयाँ इभी स्पेक्ट्र कुपे लन्च गर्ने जनाइएको छ । त्यसपछि चरणबद्ध रुपमा कुलियन एसयुभी, गोस्ट सेडान र फेन्टम लिमुजिनलाइ समेत इलेक्ट्रि भर्सनमा उतार्ने योजना कम्पनीले बनाएको हो ।

अटो कार युकेसंगको कुराकानीमा कम्पनीका सिइओ टोर्सटन मुलरले उक्त समयसिमा भित्र सम्पूर्ण मोडलालाई इभीले प्रतिस्थापन गर्ने बताएका हुन् । उनका अनुसार हाल कारोबार भैरहेका रेन्जलाई समेत परिमार्जन गर्ने क्रमममा कम्वस्टन इन्जिनको प्रयोगलाई निस्तेज पारिनेछ ।

उनले भनेका छन, ‘सन् २०३० पछि कम्बस्टन इन्जिनयुक्त कारको बिक्रीमा प्रतिबन्ध लगाउने बेलायत सरकारको निणर्य अनुसार हामीले पनि इभीको उत्पादनलाई तत्कालैदेखी बढावा दिनुपर्ने दबाव सिर्जना भएको छ । जसअनुसार अबउप्रान्त कुनै पनि नयाँ मोडललाई कम्वस्टन इन्जिनमा उत्पादन नगर्ने र हाल कारोबार भैरहेका रेन्जलाई समेत बिस्तारै इलेक्ट्रिफाई गर्दै जाने योजना बनाएका छौ ।’

विश्वभरका अटो पारखीको ध्यान इलेक्ट्रिक कारमा बढ्दै गएका कारण लक्जरी सेग्मेन्टमा रोल्स रोयसको बजार समेत टेस्ला र बिएमडब्ल्यू लगायत अन्य ब्रान्डले खोस्न सक्ने जोखिम बढेको भन्दै कम्पनीले यस्तो निर्णय लिएको हो ।

कोभिड महामारीका बावजुत पनि रोल्स रोयसले ११७ बर्षको इतिहासमा सन् २०२१ मा सबैभन्दा बढी कार बिक्री गरेको थियो । सोही सन्दर्भमा अटो कार युकेले सिइओ टोर्सटन मुलरसंग बिशेष बार्ता गरेको थियो ।

सम्बन्धित समाचारहरू

पोखरामा खुल्यो प्रोटोनको नयाँ शोरुम, विक्री पछिको सेवा पनि उपलब्ध हुने

पोखरामा खुल्यो प्रोटोनको नयाँ शोरुम, विक्री पछिको सेवा पनि उपलब्ध हुने

काठमाडौं– प्रोटोन नेपालले देशभर विद्युतीय गतिशीलतालाई तीव्र पार्ने...

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...

ईभी पिकअप रिडारामा ८० प्रतिशत सम्म फाइनान्स, एक्सचेन्जमा ३ लाखसम्मकाे टप-अप लाभ

ईभी पिकअप रिडारामा ८० प्रतिशत सम्म फाइनान्स, एक्सचेन्जमा ३ लाखसम्मकाे टप-अप लाभ

काठमाडौं – नेपालकै नम्बर १ ईभी पिकअप ब्रान्ड दाबी गरिएको रिडाराले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...