शनिबार सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम लेखनाथमा हुने

पोखरा – सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम गण्डकी प्रदेशको लेखनाथमा हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको हलमा चैत १८ गते शनिबार सो कार्यक्रम हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको नेसनल रोड सेफ्टी काउन्सिलको आयोजना, नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) को संयोजनमा हुने कार्यक्रमको स्थानीय आयोजकमा लेखनाथ उद्योग वाणज्य संघ र आर्थिक आवाज पत्रिका रहेका छन् ।

नेपाल सरकारले तयार गरेको ‘रोड सेफ्टी एक्सन प्लान २०२१–३०’ को बारेमा छलफल, प्रदेश स्तरीय सडक सुरक्षा अभियानहरुको बारेमा जानकारीका साथै प्रदेशमा रहेका पेशागत तथा स्वयंसेवी संघसंस्थाहरुका प्रतिनिधिलाई सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण गरिने कार्यक्रम रहेको आर्थिक आवाजका सञ्चालक सुरेन्द्र पौडेलले जानकारी दिए ।

त्यसका साथै नेपालमा भयाबह समस्याका रुपमा रहेको दुई पांग्रे सवारी साधन (मोटर साइकल र स्कुटर¬) चालक र यात्रुको सुरक्षा, सुरक्षित हेलमेट र डबल हेलमेटको आवश्यकता, पैदल यात्री र ह्विलचियर प्रयोगकर्ताको सुरक्षित आवागमनको उपाय तथा सुरक्षित यातायातको लागि पेशागत, व्यावसायिक, विज्ञ तथा नागरिक समुदायले गर्नुपर्ने भूमिकाको बारेमा समेत वृृहत छलफल गरिने कार्यक्रम छ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी नेपाल, नासा नेपाल, यातायात, इन्जिनियरिङ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुले कार्यपत्र पेस गर्ने कार्यक्रम छ । कार्यक्रममा समूह छलफल गरी पोखरा घोषणा पत्र जारी गरिनेछ । सडक सुरक्षा सम्बन्धी कार्यक्रमको निरन्नतरताकोे लागि कार्यसमूह समेत चयन गर्ने आयोजकको भनाइ छ ।

कार्यक्रम सहभागी हुन चाहनेहरुले यो लिंकमा गएर नाम दर्ता गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचारहरू

नेपाली ड्राइभर र राइडरलाई मद्रासमा मोटरिङको अवसर

नेपाली ड्राइभर र राइडरलाई मद्रासमा मोटरिङको अवसर

काठमाडौं – नेपाली मोटरसाइकल रेसर तथा कार्ट्स ड्राइभरहरूले मद्रासको...

कलेज–टु–कार्ट्सको विजेता बन्यो धरानको टिम, यी हुन् अन्य विजयी

कलेज–टु–कार्ट्सको विजेता बन्यो धरानको टिम, यी हुन् अन्य विजयी

काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल...

१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो सडक सुरक्षा युवा अभियन्ताहरुको दुई दिने राष्ट्रिय सम्मेलन

१६ बुँदे घोषणा पत्र जारी गर्दै सकियो सडक सुरक्षा युवा अभियन्ताहरुको दुई दिने राष्ट्रिय सम्मेलन

काठमाडौं – १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत युवा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...