राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन
चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा...
काठमाडौं – नेपालको सेफर र सस्टेनेबल मोबिलिटीको क्षेत्रमा उल्लेखनिय योगदान गर्ने व्यक्ति, संघ संस्था तथा अभियानलाई प्रदान गरिने रोड सेफ्टी नेसनल अवार्ड यस वर्ष पनि प्रदान गरिने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विगत एक दशक देखि प्रदान गर्दै आइरहेको सो अवार्डका लागि दावेदारी पेश गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ ।
दावेदारी पेश गर्ने व्यक्ति, संघ संस्था वा अभियानले गत २०८० बैशाख १ देखि २०८१ चैत मसान्त सम्म सडक सुरक्षाको क्षेत्रमा सम्पन्न गरेको कार्य वा उपलब्धिको विवरण पेश गर्नु पर्नेछ ।
निवेदनका साथ कार्यको विस्तृत विवरण, कार्यको परिणाम तथा प्रभाव एवम् यस सम्बन्धी फोटो, भिडियो तथा मिडिया कभरेज बुझाउनु पर्नेछ ।
यसका लागि आगामी साउन १० भित्र संघको सचिवालय वा इमेलमा आफ्नो दावेदारी पेश गर्न सूचित गरिएको छ ।
पहिलो पटक ट्राफिक प्रहरी नेपाललाई प्रदान गरिएको सो पुरस्कार त्यसपछि नारायणकाजी श्रेष्ठ, रविन्द्र अधिकारी, लक्ष्मी प्रतिष्ठान लगायतलाई प्रदान गरिएको थियो ।
फाइल तस्बिर : प्रथम पुरस्कार समारोह
चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा...
नासा नेपाल : एक परिदृष्यनेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) राष्ट्रिय खेलकुद...
काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...