आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल हुने
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र...
एसिया प्यासिफिक क्षेत्रका देशहरुको सडक सुरक्षा सम्बन्धी अन्तर सरकारी संगठन एसिया प्यासिफिक रोड सेफ्टी अब्जरभेटरीद्वारा आयोजित रोड सेफ्टी कन्फ्रेन्स हालै फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको छ ।
एसिया तथा प्यासिफिक क्षेत्रका दुई दर्जन बढी देशहरु, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन एफआईए, एफआईए फाउन्डेसन लगायतका अन्तर्राष्ट्रिय सडक, यातायात तथा अटोमोबाइल क्षेत्रका संघ संस्थाहरु समेतको अगुवाईमा स्थापित सो संगठनको हेडक्वाटर समेत एसियाली विकास बैंक मनिलामै रहेको छ ।
गत सेप्टेम्बर ९ देखि ११ सम्मको सो सम्मेलनमा एसिया प्यासिफिक देशका विभागीय मन्त्रीहरु, अन्तर्राष्ट्रिय संघ संगठनका प्रतिनिधिहरु, संयुक्त राष्ट संघसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिहरु त्था दिगो सडक, सुरक्षित यातायात र अटोमोबाइलको क्षेत्रमा संलग्न संघ संस्थाका प्रतिनिधिहरु गरी सयौंको संख्यामा संलग्नता रहेको थियो ।
सो सम्मेलनमा कार्य समूहको अध्यक्षको रुपमा रहेको नेपालको तर्फबाट तत्कालीन भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहाल तथा सोही मन्त्रालयका सहसचिवहरु सुशीलबाबु ढकाल र प्रभात कुमार झाको सहभागिता रहेको थियो । त्यसैगरी अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघको तर्फबाट गोविन्द भट्टरार्ई, नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपालको तर्फबाट योगेश भट्टरार्ई, नेपाल इन्जुरी रिसर्च सेन्टरको तर्फबाट डा. सुनिलकुमार जोशी र रोड सेफ्टी काउन्सिल तदर्थ समितिका सरोज कुमार प्रधान तथा इन्जिनियर हेमन्त तिवारी समेतको सहभागिता रहेको थियो ।

सोही सम्मेलनमा सम्बन्धित देशको कन्ट्री रिपोर्ट, अन्तर्राष्ट्रिय महासंघहरुले संचालन गरेका अभियानहरु, विभिन्न देशका रोल मोडल परियोजनाहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा प्यानल डिस्कसन, कार्यशाला, विषयगत छलफलहरु तथा सम्बन्धित देशका भावी कार्ययोजनाको वारेमा समेत छलफल भएका थिए ।
सोही सम्मेलनकै सन्दर्भमा सेप्टेम्बर ११ र १२ मा मोटरसाइक्लिङ सुरक्षा सम्बन्धी कार्यशाला समेत सो स्थानमा सम्पन्न गरिएको थियो, जहाँ नेपालको तर्फबाट तत्कालीन मन्त्री भन्दा वाहेकका सहभागीहरुले भाग लिएका थिए । एफआईए फाउन्डेसन तथा एआईपी फाउन्डेसनद्वारा आयोजित सेफ हेल्मेट्स फर एसिया प्यासिफिकको लन्चिङ कार्यक्रममा ग्लोबल एलायन्स अफ एनजीओ फर रोड सेफ्टी, इन्टरनेसनल अटोमोबाइल फेडरेसन लगायतका संघ संस्थाहरुले विभिन्न विषयका प्रस्तुतिकरण गरेका थिए ।
सोही सम्मेलनकै दौरानमा नेपालको दिगो सडक र सुरक्षित यातायातको सन्दर्भमा विशेष बैठकहरु समेत आयोजना गरिएको थियो । एफआईएका उपाध्यक्ष ग्रेग क्राफ्टको संयोजनमा भएको सो बैठकको संचालन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का कार्यकारी निर्देशक गोविन्द भट्टरार्ईले गरेका थिए । सो बैठकमा नेपालको अवस्था, आवश्यक कार्यक्रम र वित्तीय अवस्था, अन्तर्राष्ट्रिय संघ संस्थाको संलग्नता र सरकारी सहभागिता जस्ता विषयमा विभिन्न संघ संस्थाहरुको तर्फबाट धारणा प्रस्तुत गरिएको थियो, जुन बैठकमा भएको निष्कर्षलाई नेपालको सडक सुरक्षाको लागि आगामी अन्तर्राष्ट्रिय फोरमहरुमा प्रस्तावको रुपमा पेश गर्ने समेत सहमति भएको थियो ।

सो बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवद्वय सुशीलबाबु ढकाल र प्रभातकुमार झा, पूर्वमन्त्री योगेश भट्टरार्ई, अटोमोबाइल एसोसिएसन भियतनामकी कार्यकारी निर्देशक क्विलिन न्ग्युएन, इन्टरनेसनल रोड एसेसमेन्ट प्रोगाम आईआरएपीका सीईओ ग्रेग स्मिथ, एआईपी फाउन्डेसन भियतनामकी कार्यकारी निर्देशक मिरजाम सिदिक, एआईपी फाउन्डेसन थाइल्यान्डकी चियरपर्सन रतानावादी एच. विन्थर, एफआईए फाउन्डेसनका डेपुटी डाइरेक्टर अभि सिल्भरम्यान, प्रोगाम डाइरेक्टर अग्निस्ज्का क्रास्नोलुका तथा प्रोगाम म्यानेजर रफायला मचाडो, रोड सेफ्टी काउन्सिल तदर्थ समितिका सरोज प्रधानलगायत एफआईए तथा अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।
सोही कार्यक्रमकै सन्दर्भमा युथ फर रोड सेफ्टीकी एक्जिक्युटिभ डाइरेक्टर राक्वेल ब्यारिओससँग नेपालमा संचालित युथ फर रोड सेफ्टी अभियान तथा मलेसियन इन्स्टिच्युट अफ रोड सेफ्टी रिसर्च (मिरोस) का अध्यक्ष डा. वङ शा भुनसँग मोटरिङ नेपालद्वारा प्रस्तावित मोटरिङ एकेडेमीको संचालन र व्यवस्थापन सम्बन्धमा छलफल गरिएको नासा नेपालले जनाएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र...
काठमाडौं – फ्रान्सको मार्सेली सहरमा केही दिन पहिले सम्पन्न ओलम्पिक...
काठमाडौं – आम निर्वाचनको संघारमा नेपलका सडक यातायातको क्षेत्रलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...