सुर्खेतमा शुरु भयो सडक सुरक्षा अभियान

सुर्खेत – भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयद्वारा गठित रोड सेफ्टी काउन्सिलको आयोजना तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को संयोजनमा कर्णाली प्रदेश स्तरिय सडक सुरक्षा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । हिजो माघ २५ गते मध्य पश्चिम विश्वविद्यालय सभाहलमा सम्पन्न सो कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको अतिथ्यता र नेशनल एलायन्स फर रोड एण्ड सस्टेनेवल मोविलिटी नेपालको सहकार्य रहेको थियो ।

सो कार्यक्रममा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मंगल बहादुर शाही मुख्य अतिथि रहेका थिए । त्यस्तै प्रदेश राज्य मन्त्री तथा सोही मन्त्रालयका सचिव नारायण दत्त भट्ट समेतको विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ विभागका डिन डा. सन्दिप ठकुरीले गरेका थिए ।

कर्णाली प्रदेशको सडक र यातायात सुरक्षाको क्षेत्रमै नौलो यस किसिमको कार्यक्रममा प्रदेशभरिका पेशागत, व्यावसायिक, शैक्षिक तथा कल्याणकारी संघको सहभागिता थियो । संघीय सरकारको दशक सुरक्षा योजना, प्रादेशिक सरकारको योजना लगायत पेशागत समुदायको जिम्मेवारी सम्वन्धमा वृहत छलफल गरिएको थियो।

नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले यातायात, सडक, सुरक्षाको वारेमा जानकारी गराएका थिए । नासा पÞmाउन्डेसनकीे संयोजक तथा सडक सुरक्षामा पीएचडी स्कलर भगवती सेढाइले पेशागत समुदायको संग्लनता र मोटरसाइक्लिङको बारेमा तथा मध्य पश्चिम विश्वविद्यालयका ई. त्रिलोक चन्द्र विष्टले कर्णालीको दिगो सडक र सुरक्षित सवारीको वारेमा आ–आफ्नो प्रस्तुतिकरण गरेका थिए ।

कर्णाली प्रदेश हाइवे एन्ड ट्राफिक सेफ्टी प्रमुख प्रज्वल महर्जनले नेपाल ट्राफिक प्रहरीले गरेको कार्य र आगामी योजनाका वारेमा प्रस्तुतिकरण गरेका थिए भने सुर्खेत रोड फर सोसाइटीका प्राविधिकहरुले दुर्घटना पश्चात गरिने उद्दारको प्रयोगात्मक प्रस्तुति गरेका थिए ।

कार्यक्रममा उदघाटन मन्तव्य राख्दै मन्त्री शाहीले संघीय मन्त्रालयले शुरुवात गरेको अभियानमा प्रदेश सरकारको ऐक्यवद्दता व्यक्त गर्दै दिगो विकास लक्ष्यसँग यस विषयलाइ जोड्नु पर्ने बताए ।

कार्यक्रमको सन्दर्भमा सहभागी बीचमा वृहत छलफल पश्चात कर्णाली प्रदेश स्तरिय एलायन्स गटन गरियो । मध्यपश्चिम विश्वविद्यालयले सचिवालयको कार्य गर्ने गरि सुरेन्द्र शाही, नम्रता तसजु, रामलाल आचार्य, पंख मल्ल, ऋषि गिरी र धिरेन्द्र शाही रहेको कार्य समूह समेत निर्माण गरियो ।

कार्यक्रमका अध्यक्ष प्रा.डा. सन्दिप ठकुरी १३ बुँदे सुर्खेत घोषणा पत्र सार्वजनिक गर्दै कार्यक्रम समापन गरे, जसमा प्रादेशिक सडक सुरक्षा काउन्सिल गठन, ड्राइभिङ स्कुल, सार्वजनिक यातायात, पैदल यात्रु तथा साइकल मैत्री पूर्वाधार, पेशागत र शैक्षिक संस्थाको सहभागिता लगायतका विषय छलफलमा रहेका थिए ।

सम्बन्धित समाचारहरू

रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल

रोड सेफ्टी फिल्म फेस्टिभलमा ‘प्रबोध’ उत्कृष्ट फिल्म बन्न सफल

काठमाडौँ — नासा फाउन्डेसन नेपालको आयोजना, ग्लोबल एलायन्स अफ एनजिओज फर रोड...

पोखरामा युवाहरुका बिच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

पोखरामा युवाहरुका बिच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

पोखरा – पोखराका युवाहरु बिच सडक सुरक्षा सम्बन्धी दुई दिने वर्कशप सम्पन्न...

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...