एफआईए रिजन टु कार्यकारी समितिमा नासा नेपाल निर्वाचित, भट्टराईले प्रतिनिधित्व गर्ने
फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइलको रिजन-२ (एशिया प्यासिफिक) कार्यकारी...
काठमाडौं – आज र भोलि शनिबार पोखरा रंगशालामा नेपाल रोड रेसिङ च्याम्पियनसिप हुने भएको छ । मोटर स्पोर्ट्स नेपाल र पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा उक्त च्याम्पियनसिप हुने भएको हो ।
नोभिस र नेसनल गरी दुई क्याटागोरीमा बाइक राइडहरुका बीचमा हुने सो प्रतियोगिताको शुक्रबार क्लालिफाइङ राउन्ड र शनिबार फाइनल प्रतियोगिता हुनेछ । मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारका अनुसार नोभिसमा ४८ र नेसनलमा १८ राइडर सहभागी हुने छन् ।
प्रतियोगितामा विजेता खेलाडीलाई नगदका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । देशभरका राइडर सहभागी हुने सो प्रतियोगिताको मुख्य प्रायोजक यामाहा आर१५ सिरिज रहेको छ ।

सो प्रतियोगितालाई अन्य विभिन्न संस्था र कम्पनीहरुको समेत सहयोग रहेको छ । मोटर स्पोर्ट्स नेपालले नियमित रुपमा गर्दै आएको यस प्रकारको प्रतियोगिताको यो अर्को संस्करण हो ।
क्वालिफाइङ राउन्डमा छनोट भएका राइडरका बीचमा भालि हुने फाइनल प्रतियोगिता पश्चात विजयी घोषणा गरिने छ ।
सो इभेन्टलाई मोटरसाइकलको अन्तर्राष्ट्रिय महासंघ एफआईएम तथा नासा नेपालको समेत सहयोग रहेको छ । विजेताहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको अवसर प्रदान गरिने बताइएको छ ।
फेडेरेशन इन्टरनेशनल डे अटोमोबाइलको रिजन-२ (एशिया प्यासिफिक) कार्यकारी...
काठमाडौं – नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग नेपाल...
नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई विश्वस्तरिय ज्ञान, सीप र प्रविधि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...