ट्रयाक खोलेको ३३ वर्षमा जोडिए रोल्पा र दाङ

लिवाङ - सडक बन्न कति समय लाग्ला ? पाँच वर्ष, १० वर्ष वा त्योभन्दा बढी भए १५ वर्ष तर रोल्पाको एउटा सडक निर्माण हुन ३३ वर्ष लागेको छ ।

यो कथा हो रोल्पाको सदरमुकाम लिवाङ, कालीमाटी, मसिना, जेद्बाङ, धौलाबाङ, दुबीडाँडा, राम्चे हुँदै घोराही जोड्ने सडकको दक्षिण रोल्पाका जनतालाई आवातजावत गर्न निकै सहज हुने सडक पनि हो । यो सडक रोल्पाको सदरमुकामलाई दाङ सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । यो सडक स्तरोन्नति भए रोल्पा सदरमुकामदेखि दाङ घोराही तीन घण्टामा पुग्न सकिन्छ । अहिले लिवाङ, माडीचौर, दारबोट, तिला, होलेरी, घोराही सडकबाट छ घण्टाको यात्रा गर्नुपर्छ । लिबाङबाट प्युठानको चकचके हँुदै भालुबाङबाट घोराही जोड्ने पक्की सडकमासमेत अहिले यात्रा गर्दा पाँच घण्टा लाग्छ ।

२०४२ सालदेखि ट्रयाक खोल्न शुरु गरिएको सडकले गत वर्षदेखि पूर्णता पाएको हो । सदमुकाम लिवाङदेखि जेदबाङ, मसिना, दुबीडाँडा हुँदै दाङ जिल्लामा पैदल यात्रा गरिन्थ्यो । जनश्रमद्वारा निर्मित सानो गोरेटो बाटोमा भारी बोकी सदरमुकाम लिवाङ बजारसम्म चामल, खाद्यान ल्याउने गर्दथे । नेपाल खाद्य संस्थान कार्यालय दाङमा थियो । दाङबाट पछि रोल्पामा स्थापना भए पनि ढुवानीको अरु साधन स्रोत नभएपछि मानिस र घोडा खच्चरबाट सामान ढुवानी गरिन्थ्यो ।

लिवाङदेखि जेदबाङको कोछाप, उँघा हुँदै दुबीडाँडाको धौलाबाङदेखि राम्चे हुँदै दाङ घोराहीसम्म मुख्य बाटोलाई विभिन्न गाउँ पञ्चायतले २०४२ सालदेखि ट्रयाक खोलेका थिए । गत सालदेखि सो बाटोका होलेरीबाट जेदबाङ र सखी खोलाको लिबाङी आँपसम्म दैनिक बस सेवा सञ्चालनमा आएको छ । कोछापदेखि हुङली, लिबाङखोलासम्म बाँकी रहेको सडक निर्माणसँगै सो सडकले रोल्पा र दाङको सदमुकाम जोडेको हो । लिवाङी आँपदेखि कोछाप हँुदै लिवाङ सरमुकामसम्म सरल बाटोलाई बङ्ग्याई कुर्जे पानी खोलादेखि धनडाँडा हुँदै कोछापसम्म बाटो हुनुपर्छ भनी केही ब्यक्तिले अवरोध गरेका कारण निर्माण प्रभावित भएको थियो ।

२०६६÷०६७ मा १० लाख र जेदबाङ गाउँ विकास समितिबाट नौ लाख, जौलीपोखरीबाट चार लाख, मसिनाबाट दुई लाख गरी जम्मा २५ लाखको लागतमा यो बाटो निर्माण शुरु भएको हो । तत्कालीन जिल्ला विकास समिति, गाविस तथा पछिल्लो दिनमा प्रदेश सरकारले समेत सो सडकका लागि बजेट बिनियोजन गरेको थियो । चालु वर्षका लागि लुम्बिनी प्रदेश सरकारले एक करोड २५ लाख बजेट बिनियोजन गरेको छ । बाजबाङ माडी पुल पनि निर्माण छिटो भए लिवाङदेखिका जनताले राहत पाउने थिए ।

दयाराम डाँगी/नयाँ युगबोध दैनिक

सम्बन्धित समाचारहरू

महानगरपालिकाले ल्याउने भयो २० तलासम्म लागेको आगो निभाउने दमकल

महानगरपालिकाले ल्याउने भयो २० तलासम्म लागेको आगो निभाउने दमकल

काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि...

जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात

जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात

डोल्पा – ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको...

न्युरोडमा गरिएको पार्किङ आजदेखि धरहरा क्षेत्रमा

न्युरोडमा गरिएको पार्किङ आजदेखि धरहरा क्षेत्रमा

काठमाडौं – गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...