सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने...
काठमाडौं - रसुवागढी जोड्ने स्याफ्रुवेसी–रसुवागढी सडक खण्ड पुनः पूर्ण रूपमा अवरुद्ध बनेको छ। असार २४ गतेको बाढीबाट क्षति पुगेको सडक मर्मत गरी डेढ साता अघि मात्रै चीनसँगको मुख्य व्यापारिक नाका सञ्चालनमा ल्याइएको थियो। तर फेरि आएको बाढीले सडकका धेरै खण्डमा ठूलो भौतिक क्षति पुर्याएपछि सडक सम्पर्क पुनः विच्छेद भएको हो।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेसी–रसुवागढी सडक योजनाका इन्जिनियर गजेन्द्रराज जोशीका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले सडकका कैयौं भाग कटान गरी बगाएको छ। जसले गर्दा चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीसम्मको सडकीय आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।
साउन ४ गते आंशिक मर्मतपछि सञ्चालनमा ल्याइएको सडक फेरि बन्द हुँदा रसुवागढीसँगको सम्पर्क पुनः टुटेको छ। इन्जिनियर जोशीका अनुसार अहिलेको बाढीले असारको तुलनामा अझ बढी क्षति पुर्याएको छ। केही स्थानमा त पूर्णरूपमा सडक बगेको र अन्यत्र आंशिक कटान भएको जानकारी उनले दिए।
“हाल सडक पूर्णरूपमा अवरुद्ध छ, यातायात सञ्चालन सम्भव छैन,” उनले भने, “दुईवटा मेसिन परिचालन गरिएका छन् तर केही क्षेत्रमा नेपाली सेनासँग समन्वय गरेर ब्लास्टिङ गर्नुपर्ने देखिएको छ।”
इन्जिनियर जोशीका अनुसार बाढीले सडक नजिकै चट्टानसम्म कटान गरेकाले केही स्थानमा मेशिनले मात्रै काम सम्भव छैन। ती क्षेत्रमा ब्लास्टिङ गरेर सडक खोल्नुपर्नेछ। यदि मेसिनबाट मात्रै काम गरिने हो भने सडक सञ्चालनमा ल्याउन सात–आठ दिनसम्म लाग्न सक्ने उनले बताए।
यस सन्दर्भमा सडक विभागले नेपाली सेनासँग समन्वय गरी आवश्यक स्थानमा ब्लास्टिङ गर्ने योजना बनाएको छ।
बाढीले सबैभन्दा ठूलो क्षति चिलिमे पावर हाउसको पुलदेखि करिब ५ किलोमिटर दूरीसम्म पुर्याएको छ, जुन क्षेत्र मदाङ बुदुङ भनिन्छ। यस क्षेत्रमा सडकको सम्पूर्ण चौडाइ कटान भएको छ।
त्यसैगरी, कुलुङ पुल नजिकको बाटो आंशिक रूपमा बगाएको, लिङलिङे क्षेत्र सडक कटानमा परेको, तातोपानी नजिकको रसुवागढी पावर हाउस आसपास करिब १००–१५० मिटर सडक पूर्ण रूपमा बगेको, टिमुरे उकालोमा आधाभन्दा बढी सडक बगाएको, घट्टे खोला क्षेत्रमा पनि पूर्ण कटान भएको, नेपाली सेनाको श्रीनाथ गण नजिक आधाभन्दा बढी सडक खोलाले बगाएको इन्जिनियर जोशीले जानकारी दिए।
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने...
मध्यविन्दु (नवलपरासी) । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने...
दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रूपमा गन्तव्य स्थलसम्म पुग्नका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...