के हो सवारी दुर्घटना ? दुर्घटना भएमा के गर्ने ?

सवारी दुर्घटनाबाट हुने क्षतिमा धन सम्पतिको क्षति भन्दा मानवीय क्षति अति संवेदनसील र हृदयविदारक हुने कुरा हामी सबैले महसुस गर्दै आएका छौ । सवारी दुर्घटनाका कारण कतिको अकालैमा मृत्यु भएर जिउज्यान गुमाउनु परेका र कतिपयले अपाङ्ग भएर लामो समयसम्म कष्टकर जीवन विताउन परिरहेको हुन्छ । यसरी हुने जनधनको क्षतिका कारण परिवार, समाज देखि लिएर राज्य समेतले त्यसको प्रतक्ष परोक्ष असर भोग्नु परिरहेको हुन्छ । सवारी दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि सरोकारवाला सम्बन्धित सबै पक्ष त्यतिकै जिम्मेवार, सजग एवं सचेत हुनु आवश्यक छ । 

कुनै पनि यान्त्रिक शक्ति अथवा मानव शक्तिबाट संचालित साधनले अर्को सवारी साधन वा सडकमा रहेका अन्य सजिव वा निर्जिव चिज बस्तुलाई ठक्कर दिन्छ र त्यसबाट क्षति, घाईते र मृत्यु गरी तीन वटा अवस्था पैदा गर्दछ भने त्यसलाई सवारी दुर्घटना (Accident) भनिन्छ भने बिभिन्न कारणबाट एक आपसमा ठक्कर खाएको अथवा एकले अर्कोलाई ठक्कर दिएको स्थानलाई सवारी दुर्घटना स्थल भनिन्छ । सवारीको निर्दिष्ट मार्ग एवं लक्ष्यमा आएको असामान्य परिस्थिती तथा अप्रिय अवस्था जसवाट जनधनको क्षति हुन्छ भने त्यो नै सवारी दुर्घटना हो ।

यसरी हेर्दा सवारी दुर्घटना बिभिन्न प्रकार र प्रकृतिबाट भएता पनि उक्त सवारी दुर्घटनामा भएको धनजनको क्षतिको आधारमा सवारी दुर्घटनालाई निम्न ३ प्रकृतिमा बिभाजन गर्न सकिन्छ ।
(१) गम्भिर प्रकृति - धेरै धनजनको क्षति हुनु, मानिसको मृत्यु हुनु वा अंगभंग हुनु आदि ।
(२) मध्यम प्रकृति - मानिसलाई ठूलो चोट पटक लाग्नु सवारी साधनमा प्रशस्त क्षति हुनु आदि ।
(३) सामान्य प्रकृति - सामान्य चोट पटक लाग्नु, सवारी साधन वा अन्य चिज बस्तुको सामान्य क्षति हुनु ।

सवारी दुर्घटना भैहाले के गर्ने ?

 सवारी साधन नहटाउने, यदि हटाउनै पर्ने अवस्था आएमा फोटो खिच्ने र सम्भव भएसम्म आफ्नो सवारी साधनको अगाडी, पछाडीका ४ वटै चक्काकोे सडकमा चिन्ह÷धर्को लगायर हटाउने ।
 यदि घाइते छन् भने घाईतेलाई पहिलो प्राथमिकता दिइ अस्पताल पठाउन सहयोग गर्ने ।
 प्रहरीलाई खबर गर्ने । दुर्घटनामा संलग्न पक्षहरु बिच आपसी सद्भाव कायम राख्ने ।
 अन्य सवारी साधनहरु आवत जावत गर्न सम्भव भए गराउन सहयोग गर्ने ।
 प्रहरीको घटनास्थलमा कार्य समाप्त भएपछि तत्काल सवारी साधन हटाउने तथा साइड लगाउने ।
 प्रहरीलाई आवश्यक कागजात दिने र कागजात दिए पश्चात प्रहरीसँग पुर्जी लिने ।
 दुर्घटनामा संलग्न सवारी साधनहरु मध्ये कुनैमा प्रज्वलनशिल वा बिस्फोटक सामाग्री छ भने यथासक्य छिटो दमकल वा प्रहरीलाई सूचना दिने ।

विष्णु थापा
बरिष्ठ प्रहरी नायव निरीक्षक

सम्बन्धित समाचारहरू

अटो व्यवसायी र ट्राफिक प्रहरीले बाँडे मास्क

अटो व्यवसायी र ट्राफिक प्रहरीले बाँडे मास्क

काठमाडौं – ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित युनिराइड अटो, नेपाल अटो...

के सम्भव होला ? दुई दिन सार्वजनिक बिदा, जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

के सम्भव होला ? दुई दिन सार्वजनिक बिदा, जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

नेपाल आयल निगमले इन्धन खपत घटाउन साताको दुई दिन सार्वजनिक बिदा दिन...

चोरी भएका सवारीसाधन पत्ता लगाउने प्रविधि ‘लोकोमो’, कसरी गर्छ काम ?

चोरी भएका सवारीसाधन पत्ता लगाउने प्रविधि ‘लोकोमो’, कसरी गर्छ काम ?

काठमाडौँ -मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...