रोल्स रोयसको ई–एयरक्राफ्टले बनायो नयाँ रेकर्ड
रोल्स रोयसको ई–एयरक्राफ्टले नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीको...
इलेक्ट्रिक स्टार्ट अप कम्पनी रिभरले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर इन्डि लन्च गरेको छ । सो इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख २५ हजार भारु राखिएको छ ।
कम्पनीले सो इलेक्ट्रिक स्कुटरमा ४ केडब्ल्युएच क्षमताको ब्याट्री प्याकसहित ६.७ केडब्ल्यु पावरको इलेक्ट्रिक मोटर प्रयोग गरेको छ । सो स्कुटरले मात्र ३.९ सेकेन्डमा ४० किमी प्रतिघन्टाको गति लिन सक्छ । यसको ब्याट्री ५ घन्टामा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
सो इलेक्ट्रिक स्कुटरको टप स्पिड ९० किमी प्रतिघन्टा छ । इन्डि ई–स्कुटरमा इको, राइड र रस गरी ३ मोड प्रदान गरेको छ । सो स्कुटरले इको मोडमा १२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार इन्डि ई–स्कुटरमा ५५ लिटर स्पेस दिइएको छ । जसमा ४३ लिटर बुट स्पेस र १२ लिटर ग्लोभ बक्स स्पेस समावेश छ । सो इलेक्ट्रिक स्कुटरमा डिजिटल स्क्रिन, २ वटा यूएसबी चार्जिङ पोर्ट र रिभर्स पार्किङ असिस्ट फिचर पनि छ ।
कम्पनीले यो स्कुटरको डेलिभरी अगस्ट २०२३ मा सुरु गर्ने अनुमान गरिएको छ ।
रोल्स रोयसको ई–एयरक्राफ्टले नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीको...
सन् २०२१ को अटोमोबाइल ब्रान्ड सम्बन्धी नयाँ तथ्य सार्वजनिक भएको छ । यो वर्ष...
काठमाडौं– दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...