कारमा ब्रेक लगाउन दायाँ वा बायाँ कुन खुट्टा प्रयोग गर्ने ?

सुरुमा कार ड्राइभिङ गर्दा कारको फिचर कहिले वा कसरी प्रयोग गर्ने भन्ने बारेमा दोधारमा परिन्छ । कहिलेकाहीँ यस्ता साना कुराले पनि ठूलो समस्या निम्त्याउन सक्छ । विशेषगरी कारको ब्रेक दबाउँदा कुन खुट्टा उपयोग गर्ने भन्ने बारेमा जानकारी हुनु आवश्यक छ ।

अटोमेटिक र म्यानुअल कारमा ब्रेक थिच्ने एउटै तरिका हुन्छ । तर ब्रेक थिच्दा गलत खुट्टाको प्रयोगले समस्या पार्न सक्छ । जसका कारण दुर्घटना पनि हुन सक्छ ।

म्यानुअल कार
कार चलाउँदा चालकको बायाँ खुट्टा पूर्ण रूपमा क्लचमा हुनुपर्छ । बायाँ खुट्टाले ब्रेक कहिल्यै थिच्नु हुँदैन । क्लचमा स्प्रिङ एक्सन हुन्छ र बायाँ खुट्टाले क्लचलाई दबाएर थिच्ने बानी परेको हुन्छ । तर ब्रेक बिस्तारै थिचिन्छ । एक्सिलरेटर र ब्रेक सँगै हुने र यसलाई हल्का मात्र थिचे पुग्ने भएकाले यसका लागि दायाँ खुट्टाको प्रयोग गर्नुपर्छ । दायाँ खुट्टा एक्सिलरेटरबाट हटाइयो भने गति कम हुन्छ र ब्रेक थिच्दा क्लचको साथ गियर परिवर्तन गरेर पनि कार रोक्न सकिन्छ ।

अटोमेटिक कार
अटोमेटिक कारमा क्लच प्याडल नहुने भएकाले बायाँ खुट्टा फ्रि राख्नुपर्छ । अटोमेटिक कारमा चारै टायरमा डिस्क ब्रेक हुन्छ र बायाँ खुट्टाले ब्रेक थिच्दा प्रेशरमा ब्रेक लाग्न सक्छ । यस्तो अवस्थामा दुर्घटना पनि हुन सक्छ ।

अटोमेटिक कार चलाउँदा यस्ता समस्याबाट बच्नका लागि बायाँ खुट्टा अलिकति पछाडि नै राख्नुपर्छ । यस्तो गरेमा ब्रेक थिच्दा दायाँ खुट्टा अटोमेटिक रूपमा प्रयोग हुनेछ ।

सम्बन्धित समाचारहरू

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा...

गाडीको इन्जिन आयल कति दिनमा परिवर्तन गर्नुपर्छ ?

गाडीको इन्जिन आयल कति दिनमा परिवर्तन गर्नुपर्छ ?

कार चालकलाई कारसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि हुनुपर्छ, अन्यथा...

इम्बोस्ड नम्बर प्लेट : २०८० सम्म २५ लाख जोड्नु पर्ने, हाल सम्म ३० हजार मात्र

इम्बोस्ड नम्बर प्लेट : २०८० सम्म २५ लाख जोड्नु पर्ने, हाल सम्म ३० हजार मात्र

सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...