थापाथली क्याम्पसले कीर्तिपुरमा चार्जिङ स्टेसन बनाउने
काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको थापाथली क्याम्पसले...
काठमाडौं– सीजी मोटर्सले नेपाली बजारमा नयाँ रिडारा आरडी६ इकोन ४X४ इलेक्ट्रिक पिकअप सार्वजनिक गरेको छ । गाडीको प्रारम्भिक मूल्य ७१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
‘प्योर इलेक्ट्रिक, प्योर क्यापाबिलिटी’ को अवधारणामा आधारित यो मोडललाई कम्पनीले नेपालको सबैभन्दा शक्तिशाली र बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरेको छ, जसले इभी सेग्मेन्टमा प्रदर्शन र उपयोगिताको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ ।
करिब दुई वर्षअघि नाडा अटो शो मा पहिलो पटक प्रदर्शन भएपछि रिडारा आरडी६ ले नेपालमा इलेक्ट्रिक पिकअप सेग्मेन्टको सुरुवात गर्दै अग्रणी भूमिका खेलेको छ । अब इकोन भेरिएन्टको आगमनसँगै रिडाराले अझ उच्च अफरोड क्षमता, बढी पावर आउटपुट र नेपालका भौगोलिक आवश्यकतालाई लक्षित गर्दै थप बहुउपयोगी समाधान प्रस्तुत गरेको कम्पनीको भनाई छ ।
रिडारा आरडी६ इकोनलाई सहरी सडकदेखि लिएर दुर्गम पहाडी तथा अफरोड क्षेत्रसम्म सहज रूपमा चलाउन मिल्ने गरी बहुउपयोगी इलेक्ट्रिक पिकअपको रूपमा प्रस्तुत गरिएको छ । यो गाडीले व्यवसायिक उपयोगिता र लाइफस्टाइल प्रदर्शनलाई एकैसाथ संयोजन गर्दै व्यवसायिक प्रयोगकर्ता र एड्भेन्चर पारखी दुवैका लागि उपयुक्त समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ ।
उच्च प्रदर्शन र वास्तविक ४X४ क्षमतासहित यस गाडीमा अत्याधुनिक प्रविधिहरू समावेश गरिएका छन्, जसले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ । ४८५ एनएमको अधिकतम टर्कले बलियो पुलिङ पावर र एक्सेलेरेशन सुनिश्चित गर्छ भने डुअल मोटर अल ह्विल ड्राइभ प्रणालीले दुवै एक्सलमा स्वतन्त्र मोटरमार्फत वास्तविक अफ–रोड क्षमता प्रदान गर्छ ।
२२५ एमएम ग्राउन्ड क्लियरेन्सका कारण कठिन भू–भागमा पनि सहज सञ्चालन सम्भव हुन्छ भने १२३५ केजी पेलोड क्षमताले यसलाई व्यावसायिक प्रयोजनका लागि उपयुक्त बनाउँछ । सम्पूर्ण विशेषताहरूले आरडीसिक्स इकोनलाई नेपालका पिकअप तथा अन्य इलेक्ट्रिक प्रतिस्पर्धीहरूभन्दा अगाडि राख्दै बहुउपयोगिताको उत्कृष्ट संयोजनका रूपमा स्थापित गर्दछ ।
यसका साथै, रिडारा आरडी६ इकोनमा अत्याधुनिक ब्याट्री तथा सुरक्षा प्रणाली समावेश गरिएको छ, जसमा फाइभ स्टार ब्याट्री प्रोटेक्सन आर्मर सिस्टम, आईपी ६८–रेटेड ब्याट्री प्याक (पानी तथा धुलो प्रतिरोधी) र ६ वटा उन्नत ब्याट्री सुरक्षा व्यवस्थापन प्रणाली रहेका छन् । यी प्रविधिहरूले नेपालको चुनौतीपूर्ण मौसम तथा भौगोलिक अवस्थाहरूमा पनि उच्च स्तरको सुरक्षा, स्थायित्व र विश्वसनीयता सुनिश्चित गर्दै गाडीलाई अझ भरोसायोग्य बनाउँछन् ।
रिडारा आरडी६ इकोन अब देशभर रहेका सीजी मोटर्सका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभका लागि उपलब्ध रहेको कम्पनी भनाई छ । यो गाडी उच्च प्रदर्शन, दिगोपन र भरपर्दोपन खोज्ने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ ।
काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गतको थापाथली क्याम्पसले...
बीवाईडीको बेस्ट सेलिङ ह्याचब्याक डल्फिन अब थप परिमार्जनका साथ आउने भएको छ...
वुलिङ होङगुआङ मिनी ईभीको नयाँ भर्सन सार्वजनिक भएको छ । क्युट सर्कुलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...