बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं –नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ । आइतबार साँझ क्रुजको विधिवत् रुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ ।
नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावना युक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको हो । क्रुज सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालि एवं होटल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले क्रुजले देवघाटदेखि दक्षिणतर्फ नारायणी नदीमा ४० किलोमिटर यात्राको अनुमति पाएको बताए ।
साढे दुई तले क्रुजको लम्बाइ ९५ फिट एवम् चौडाइ २१ फिट रहेको भन्दै ढुङ्गेलले क्रुजको पूरा क्षमता २ सय जना भए पनि १५० जनालाई सेवासुविधा उपलब्ध गराउने गरी सञ्चालनमा ल्याइएको उनले बताए ।

क्रुजको यात्रा पूर्णरुपमा सुरक्षित रहेको भन्दै उनले क्रुज यातायातको लागि नभइ रमाइलो जल यात्राका लागि सञ्चालनमा ल्याइएको बताए । सामान्यतया क्रुजिङको समय बढीमा एक घण्टाको भए पनि कार्यक्रम तथा प्याकेजअनुसार थपघट गर्न सकिने ढुङ्गेलको भनाइ छ ।
क्रुजको प्याकेजका बारेमा जानकारी दिँदै ढुङ्गेलले भने, ‘ब्रेकफास्ट क्रुजिङ, लन्च क्रुजिङ, डिनर क्रुजिङ, विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव जस्ता शुभकार्य क्रुजिङ एवम् अन्य स्पेसल बुकिङका आधारमा क्रुजिङ हुनेछ ।’
क्रुजिङका लािग साधारण टिकट ५ सय रुपैयाँ तोकिएको भन्दै उनले ब्रेकफास्ट क्रुजिङको १ हजार ५ सय रुपैयाँ, लन्च क्रुजिङको २ हजार रुपैयाँ तथा डिनर क्रुजिङको ३ हजार रुपैयाँ एवम् अन्य कार्यक्रमको प्याकेजअनुसार शुल्क निर्धारण गरिएको जानकारी दिए ।
क्रुजले प्रतियात्रु १० लाख रुपैयाँ बराबरको बिमा गराएको भन्दै उनले गैँडाकोट तथा नारायणी नदी किनारलाई दक्षिण एसियाकै नमूना नदी पर्यटन गन्तव्य बनाउँदै नेपाललाई लक्जरी जल पर्यटनको नक्शा स्थापित गराउने बताए ।
‘यो परियोजना नारायणी नदीको राष्ट्रिय जलयात्रा सम्भावना, धार्मिक पर्यटन, दिगो पर्यटन र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासँग प्रत्यक्ष रूपमा जोडिएको छ,’ उनले भने, ‘हामीले होटल र क्रुजका लागि ५० करोड रुपैयाँको लगानी गरेका छौँ, यसको लगानी समयअनुसार थप वृद्धि गर्दै सेवा विस्तार गर्दै लैजाने हाम्रो लक्ष्य रहेको छ ।’
क्रुजलाई वर्षभरी सञ्चालन गर्ने योजनासहित गैँडाकोटबाट सञ्चालनमा ल्याइएको क्रुजले ठूलो हावा तथा पानीको बहावमा पनि यात्रा गर्न सक्ने क्षमता रहेको उनले बताए । देवघाट धाम, मौलाकालिका, वाल्मीकि आश्रम, चितवनको सौराहा, लुम्बिनीलाई यस परियोजनाले प्रमुख गन्तव्यको रुपमा एउटै पर्यटकीय करिडोरमा जोड्न भूमिका खेल्ने ढुङ्गेलले बताए । राइनो क्रुजले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनलाई मिश्रण गर्ने अपेक्षा गरिएको भन्दै उनले यसले नदी, धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र लक्जरी आतिथ्यलाई एउटै आर्थिक चक्रमा बाँध्ने बताए । रासस
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...