बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
वर्ष २०७७ हामीबाट विदा भएको छ । यो वर्ष धेरैका लागि कोरोना भाइरसको प्रकोप सम्झाउने वर्ष बन्यो । यद्यपि नेपालमा इलेक्ट्रिक स्कुटरको बजार हेर्दा भने यो वर्ष धेरै ब्रान्डका इलेक्ट्रिक स्कुटर भित्रिएको वर्ष समेत बनेको छ । यो वर्ष आधा दर्जन भन्दा बढी ब्रान्डका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिए ।
पछिल्लो पटक चैत महिनामा लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर भित्रिएको औपचारिक जानकारी गराइएको थियो । इलेक्ट्रिक स्कुटर कम्पनी लेभ्निङको नेपालको लागि आधिकारिक वितरक जम्बो इको भेइकलले लेभ्निङ ब्रान्डाका एक्स१ र एस५ तथा जम्बो ब्रान्डका डी०६ र एम२० मोडलका इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याएको हो ।
नेपाली बजारमा पछिल्लो समय लुआन ब्रान्डको इलेक्ट्रिक स्कुटर समेत भित्रिएको छ । चीनमा निर्मित यो स्कुटरलाई जीरो इमिसन राइड नामको संस्थाले आधिकारिक बिक्रेताका रुपमा नेपाल भित्र्याएको हो । हाल यसको एउटा मात्र मोडल एमएनके३ उपलब्ध रहेको र निकट भविष्यमा थप मोडल समेत भित्र्याउँदै जाने कम्पनीले बताएको छ ।
काठमाडौं मात्र नभएर कतिपय कम्पनीले तराईलाई समेत केन्द्रीत गरी यस्ता इलेक्ट्रिक स्कुटर भित्र्याएका छन् । टीएनआर र जिमोपाई ब्रान्ड यसैको उदाहरण हुन् । जिमोपाई काठमाडौं उपत्यकामा समेत भित्रिसकेको छ भने टीएनआर अहिले पनि वीरगन्जको बजारमा केन्द्रीत छ ।
कुनै समयमा नेपाली बजारमा भेस्पाका स्कुटर बिक्री–वितरण गरेको डी–लाइफस्टाइल्सले यो वर्ष सुपर सोको ब्रान्डका इलेक्ट्रिक स्कुटर भित्र्यायो । कम्पनीले एकै पटक ५ मोडलका स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।
एम्पियर इलेक्ट्रिक स्कुटर पनि यही वर्ष भित्रियो । त्यसैगरी प्योर ईभीका इलेक्ट्रिक स्कुटर पनि यही वर्ष नेपाली बजारमा भित्रिए । ह्वाइट लोटस मोटर्सले भित्र्याएका यी स्कुटरको धुलिखेल सम्म ¥याली समेत सम्पन्न भइसकेको छ । त्यसैगरी टेल्जीका लायन, टाइगर र लियोपार्ड स्कुटर समेत यही वर्ष भित्रिए । योम मा ई–मोटर्सले टेल्जीका स्कुटर नेपाली बजारमा भित्र्याएको हो ।
यो वर्ष भित्रिएका अधिकांश ब्रान्ड चाइनिज छन् भने प्योर ईभी र टीएनआर आदि केही भारतीय ब्रान्ड समेत छन् ।
दुई दर्जन ब्रान्ड
हाल नेपाली बजारमा सबै गरी करिव दुई दर्जन जति इलेक्ट्रिक स्कुटर ब्रान्ड उपलब्ध छन् । नेपाली बजारमा पहिले देखि नै उपलब्ध एनआईयू, टेरा मोटर्स, बेला, मियामा, भीमोटो, टुनवाल आदि र केही चिनियाँ ब्रान्डका स्कुटर समेत उपलब्ध छन् । यो अवस्थामा यो वर्ष भित्रिएका थप स्कुटरले बजारमा प्रतिस्पर्धा थप्ने छन् ।
गत वर्षको बजेटमा इलेक्ट्रिक कारको करमा वृद्धि गरिए तापनि बाइक र स्कुटरको करमा भने त्यस्तो धेरै परिवर्तन गरिएको थिएन । यसले गर्दा पनि व्यवसायीहरु नेपाली बजारमा इलेक्ट्रिक स्कुटर भित्र्याउन हौसिएको मान्न सकिन्छ ।
बजारीकरणको नयाँ अभ्यास
बजारमा प्रशस्तै ब्रान्ड भएको समयमा आफ्नो ब्रान्डलाई अन्य भन्दा फरक देखाउनका लागि कम्पनीहरुले फरक तरिकाको बजार रणनीति समेत अपनाएको देख्न सकिन्छ । नयाँ वर्षको अवसरमा समेत कतिपयले आफ्नै प्रकारको स्किम ल्याएका छन् ।
टेल्जीका इलेक्ट्रिक स्कुटर अन्य कुनै पनि ब्रान्डका स्कुटरसँग एक्सचेन्ज गर्न सकिने र ५० हजार रुपैयाँ सम्म छुट हुने बताइएको छ । त्यसैगरी लेभ्निङले बिक्री पछिको सेवाका लागि स्मार्ट होम सेवा एप्लिकेसनबाट आफ्ना ग्राहकलाई १ घण्टा भित्र सेवा दिने तयारी गरेको छ । जसले इलेक्ट्रिक सवारीको बजारीकरणमा सहयोग पु¥याउने कम्पनीले जनाएको छ ।
भविष्य अन्यौलमै
जति ब्रान्ड भित्रिए पनि नेपाली ग्राहक भने यस्ता स्कुटरप्रति अझै अन्यौलमै रहेको पाइन्छ । व्यवसायीहरुले यसैमा भविष्य देखेर लगानी गरेका छन् किनकी पुरै विश्व नै यसैमा लागेको छ । तर ग्राहक भने पर्ख र हेरको अवस्थामा छन् । तर पनि आशा गरौ, विस्तारै यस्ता सवारी साधनप्रति धेरैको ध्यान केन्द्रीत हुदै जानेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...