रेनोको राइड विथ काइगर सम्पन्न, काइगर एसयूभी पुगे धुलिखेल

काठमाडौं – रेनोको हालै नेपाली बजारमा भित्रिएको गाडी काइगर एसयूभीको -याली सम्पन्न भएको छ । राइड विथ काइगर नामक सो -याली टेकुस्थित रेनो सर्भिस सेन्टरबाट प्रारम्भ भएर भक्तपुरको नयाँ सोरुम हुँदै धुलिखेलको मिराबेल रिसोर्ट पुगेको थियो ।

शुक्रबार सम्पन्न सो -यालीमा कम्पनीका प्रतिनिधि र विभिन्न सञ्चारकर्मीहरुको सहभागिता थियो । सहभागीहरुले रेनो काइगर एसयूभी टच एन्ड फिल गर्नुका साथै यस वारेमा अन्तरक्रिया समेत गरेका थिए । टेस्ट ड्राइभ समेत सम्पन्न भएको थियो ।

सो अवसरमा रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठले रेनो काइगर र सो कार्यक्रमको वारेमा जानकारी प्रदान गरेका थिए ।

रेनो काइगर हालै नेपाल भित्रिएको एसयूभी हो । रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो । यसमा भएको १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । रेनो क्विडबाट प्रेरित एसयूभी रेनो काइगरमा १६ इन्चको अलोय ह्विल दिइएको छ।

यसलाई नर्मल, इको र स्पोर्ट गरी तीन ड्राइभिङ मोडमा चलाउन सकिन्छ । रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ । 

त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ । यसका साथै काइगरमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका  फिचर पनि पाउन सकिन्छ ।

६ कलर अप्सनमा उपलब्ध हुने रेनो काइगरको मूल्य २८ लाख ४९ हजार देखि ३७ लाख ६९ हजार रुपैयाँ सम्म तोकिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल आउन नपाउदै भारतमा बढ्यो रेनो काइगरको मूल्य

नेपाल आउन नपाउदै भारतमा बढ्यो रेनो काइगरको मूल्य

नेपाल ल्याउने तयारी भइरहेको र बुकिङ खुल्ने समयमा निषेधाज्ञा भएका कारण...

नयाँ रेनो डस्टरलाई भारत एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ, ३५ भन्दा बढी सेफ्टी फिचर उपलब्ध

नयाँ रेनो डस्टरलाई भारत एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ, ३५ भन्दा बढी सेफ्टी फिचर उपलब्ध

भारतीय बजारमा नयाँ रेनो डस्टरले फेरि एकपटक ठूलो चर्चा बटुलेको छ। नयाँ रेनो...

नयाँ डस्टरको ‘राइट ह्यान्ड ड्राइभ’ संस्करण पहिलोपटक सार्बजनिक

नयाँ डस्टरको ‘राइट ह्यान्ड ड्राइभ’ संस्करण पहिलोपटक सार्बजनिक

रेनोले आफ्नो नयाँ जेनेरेशन डस्टरको राइट ह्यान्ड ड्राइभ भर्सन पहिलोपटक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...