रेनोको नयाँ एसयूभी ब्रिजर कन्सेप्ट सार्वजनिक, मार्च १० मा लन्च गर्ने सम्भावना

रेनोले आफ्नो नयाँ एसयूभी ब्रिजर कन्सेप्टको टिजर सार्वजनिक गरेको छ । कम्पनीले यसलाई सब–४ मिटर कम्प्याक्ट एसयूभी सेगमेन्टमा ल्याउनेछ । हाल यसको बक्सी डिजाइन र अफरोड शैलीका कारण निकै चर्चा हुन थालेको छ ।

रेनोले सो नयाँ ब्रिजर कन्सेप्ट एसयूभी मार्च १० मा औपचारिक रूपमा लन्च गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार सो मोडल भारतमै उत्पादन गरिनेछ र यसलाई विश्वव्यापी उत्पादनका रूपमा विभिन्न विदेशी बजारहरूमा पनि निर्यात गरिने योजना रहेको छ।

सो एसयूभी पछाडिको टेलगेटमा स्पेयर ह्विल देखिएको छ, जसले यसलाई अझ अफरोड शैलीको बनाउने अनुमान गरिएको छ। साथै फ्रन्टमा रेनोको इल्युमिनेटेड लोगो प्रयोग गरिएको छ, जसले आधुनिक र आकर्षक डिजाइनलाई झल्काउँछ ।

सो ५ डोर एसयूभीमा टर्बो पेट्रोल इन्जिन रहने सम्भावना रहेको छ। साथै यसमा म्यानुअल र अटोमेटिक गियरबक्स दुवै विकल्प उपलब्ध गराइने अनुमान गरिएको छ। कम्पनीले यसमा फोर ह्विल ड्राइभ सिस्टम पनि समावेश गर्न सक्ने चर्चा छ।

यद्यपि ब्रिजर कन्सेप्टका सबै प्राविधिक विवरणहरू भने मार्च १० मा हुने औपचारिक अनावरणपछि मात्रै स्पष्ट हुनेछ । त्यसपछि कम्पनीले यस नयाँ एसयूभीको डिजाइन, विशेषता र सम्भावित उत्पादन योजनाबारे थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...