अपग्रेड भएर आयो रेनो काइगर, यस्तो छ विशेषता
रेनो इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी काइगरको फेसलिफ्ट लन्च...
रेनोले भारतीय बजारमा आफ्नो लोकप्रिय एसयूभी मोडलको नयाँ संस्करण रेनो डस्टर चाँडै लन्च गर्ने तयारी गरेको छ। नयाँ डस्टरमा अघिल्लो मोडलको तुलनामा इन्टेरियर र एक्सटेरियर दुवैमा ठूला परिवर्तन गरिएको छ ।
नयाँ रेनो डस्टरको डिजाइन निकै आधुनिक र प्रभावशाली बनाइएको छ। फ्रन्टमा अब रेनोको पुरानो लोगोको सट्टा बोल्ड अक्षरमा ‘रेनल्ट’ लेखिएको छ, जसले कारलाई प्रिमियम लुक प्रदान गर्छ । यसमा स्लिक एलईडी हेडलाइट र वाई-आकारका एलईडी डे-टाइम रनिङ लाइट राखिएको छ । साथै बम्परमा ४ वटा पार्किङ सेन्सर र १ वटा क्यामेरा पनि समावेश गरिएको छ।
यसमा १८ इन्चको डायमण्ड-कट अलोय ह्विल पनि समावेश गरिएको छ । साथै ठुलो ह्विल आर्च र साइड क्ल्याडिङले यसको मस्कुलर लुकलाई अझ आकर्षक बनाएको छ । यसको साइड क्ल्याडिङ रिसाइकल्ड प्लास्टिकबाट बनाइएको छ ।
नयाँ डस्टरको इन्टेरियर ड्राइभर केन्द्रित ड्यासबोर्ड डिजाइनमा आधारित छ। यसमा १०.१ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर राखिएको छ । साथै रियर एसी भेन्ट, टाइप-सी चार्जिङ पोर्ट र छ-स्पिकरको साउन्ड सिस्टम पनि उपलब्ध गराइएको छ । यसको इन्टेरियर डिजाइनमा वाई-आकारका एलिमेन्टल प्रयोग गरिएको छ ।
नयाँ रेनो डस्टरमा १.३-लिटरको टर्बो पेट्रोल इन्जिन दिइनेछ, जसले १५३ बीएचपी पावर र २७० एनएम टर्क उत्पादन गर्न सक्नेछ। सो इन्जिनले यसलाई आफ्नो सेगमेन्टको सबैभन्दा शक्तिशाली एसयूभी बनाउनेछ। यदि भारतमा सो इन्जिनसहित लन्च गरियो भने, नयाँ डस्टरले हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशाक र फक्सवागन ताइगुन जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
यद्यपि कम्पनीले सो एसयूभीको लन्च मितिको बारेमा आधिकारिक घोषणा गरेको छैन, तर भारतीय अटो बजारमा यसको आगमनले मध्यम सेगमेन्ट एसयूभी प्रतिस्पर्धामा नयाँ जोश ल्याउने अपेक्षा गरिएको छ।
रेनो इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी काइगरको फेसलिफ्ट लन्च...
रेनोले आफ्नो नयाँ जेनेरेशन डस्टरको राइट ह्यान्ड ड्राइभ भर्सन पहिलोपटक...
फ्रेन्च अटो मेकर रेनो नेपाली कार बजारमा परिचित ब्रान्ड हो । कम्प्याक्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...