रेनोको सवै मोडलमा नयाँ इन्जिन, क्विडमा थपियो नयाँ भेरिएन्ट

फ्रेन्च अटो निर्माता रेनोलो भारतमा उत्पादन गर्दै आइरहेको क्विड, काइगर र ट्राइवरलाई आरडिई(रियल ड्राइभिङ इमिसन) इन्जिनमा अपडेट गरेको छ । भारतमा यसै वर्षको अप्रिल देखी आरडीई मापदण्डलाई अनिवार्य गर्न लागेपछि रेनोले आफ्नो सवै मोडलमा यस्तो अपडेट गरेको हो ।

साथै उसले सेफ्टि र अन्य फिचरमा समेत केही परिमार्जन गरेको छ । अपडेट भएसंगै यी गाडीको मूल्य वृद्धि हुने भएपनि कम्पनीले हालसम्म नयाँ मूल्य भने सार्वजनिक गरिसकेको छैन ।

यी तीनवटै मोडलमा भेइकलको इमिसन वारे जानकारी दिनका लागि सेल्फ डाइग्नस्टिक डिभाइस जडान गरिएको छ । यसको साथै तीनवटै मोडलमा केही सेफ्टि फिचरलाई अनिवार्य समेत गरिएको छ । रेनोको यी तीनवटै मोडलमा ग्राहकले अव इलक्ट्रोनिक स्ट्याविलिटी प्रोग्राम(इएसपी), हिल स्टार्ट एसिस्ट, ट्रयाक्सन कन्ट्रोल सिस्टम र टायर प्रेसर मोनिटरिङ सिस्टम पाउनेछन् ।

इन्जिन अपडेटसंगै कम्पनीले क्विडको नयाँ भेरिएन्ट आरएक्सई समेत सार्वजनिक गरेको छ । १.० लिटर म्यानुअल पावरट्रेन दिइएको यो इन्ट्रि लेवल भेरिएन्टको मूल्य ४ लाख ६९ हजार भारु निर्धारण गरिएको छ । कम्पनीले अवदेखी ८०० सिसीमा कुनै पनि उत्पादन बजारमा नल्याउने उद्घोष समेत गरेको छ । यसअघि क्विड ८०० सिसी इन्जिनमा समेत उपलब्ध रहँदै आएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...