रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने
फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...
फ्रेन्च कार निर्माता कम्पनी रेनोको ७ सिटर कार ट्राइबरले भारतमा गरिएको सेफ्टी टेस्टमा ४ स्टार प्राप्त गरेको छ । ग्लोबल एनक्याप क्र्यास टेस्टमा रेनो ट्राइबरलाई यो उपाधि प्रदान गरिएको हो ।
भारतमा लोकप्रिय मानिने गाडीलाई ग्लोबल एनक्याप क्र्यास टेस्ट गरिन्छ । रेनो ट्राइबर नेपाली बजारमा समेत उपलब्ध छ । ग्लोबल एनक्याबले वयस्कका लागि ४ स्टार र बालबालिकाका लागि ३ स्टार रेटिङ दिएको छ ।
परीक्षणमा रेनो ट्राइबरको इन्ट्री लेवल मोडल टेस्ट गरिएको थियो । यसमा ड्युअल फ्रन्ट एयरब्याग, एबीएस र सिटबेल्ट रिमाइन्डर स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् ।
महत्वपूर्ण प्रश्न के छ भने यो भन्दा पहिले परीक्षण गरिएको रेनोका अन्य कार भन्दा यो नतिजा निकै नै सुधारिएको छ ।
जर्मनीको ल्यान्ड्सवर्गमा अवस्थित ल्यावमा गरिएको परीक्षण पश्चात सो नतिजा आएको हो । अन्तर्राष्ट्रिय बजारमा जानु भन्दा पहिले भारतीय ग्राहकका लागि उत्पादन गरिएको रेनो ट्राइबरको यो नतिजाबाट आफूहरु निकै उत्साही भएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा पनि रेनो ट्राइबर गाडी उपलब्ध छ । विभिन्न ४ भेरिएन्टमा उपलब्ध रेनो ट्राइबरको मूल्य २८ लाख ९९ हजार, ३० लाख ५० हजार, ३२ लाख १० हजार र ३४ लाख ४९ हजार रुपैयाँ छ ।
फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...
फ्रेन्च अटो निर्माता रेनोले भारतमा उत्पादन गरेको काइगर एसयूभी नेपाल...
निसान र रेनोको सहकार्यमा भारतमा १३ वर्षभित्र २५ लाख कार उत्पादन भएका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...