डोङफेङका नयाँ विद्युतीय बस सार्वजनिक, पहिलो ५० जना ग्राहकलाई विशेष छुटको व्यवस्था
काठमाडौं–चीनको सरकारी स्वामित्वमा रहेको सवारी उत्पादक कम्पनी डोङफेङका...
फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा नयाँ इलेक्ट्रिक कार सार्वजनिक गर्ने भएको छ । कम्पनीने यसअघि बजारमा ल्याउने बताउँदै आएको सेनिक भीजन कन्सेप्टलाई सो मोटर सोमा सार्वजनिक गर्न लागेको हो ।
रेनोको सो नयाँ एसयुभी हाल उपलब्ध रहँदै आएको मेगन ई–टेक इलेक्ट्रिक क्रसओभर भन्दा ठूलो र फराकिलो हुने जनाइएको छ । सो एसयूभी ४४९० एमएम लामो, १५०० एमएम चौडार १५९० एमएम अग्लो हुनेछ । हाल यसको ९० प्रतिशत भन्दा वढी एक्सटेरियर डिजाइन तयार भइसकेको छ ।
सेनिक भीजनमा रेनोले मेगन ई– इलेक्ट्रिकमा प्रयोग भएको पावरट्रेनलाई सेयर गर्न लागेको अनुमान गरिएको छ । जसअनुसार यो नयाँ एसयूभीमा ६० किलोवाट आवरको व्याट्री जडान हुनेछ भने यसको पावर २१५ एचपी र रेन्ज २८० माइल रहने दावी गरिएको छ ।
सो नयाँ एसयुभीलाई कम्पनीले ७० प्रतिशत रिसाइकल सामाग्रीको प्रयोग गरी निर्माण गर्न लागेको हो । जसमध्ये ९५ प्रतिशत सामाग्रीलाई पुन रिसाइकल गर्न मिल्ने हुँदा नयाँ एसयुभी पूर्णत बातावरणमैत्री रहने कम्पनीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...