क्विड, ट्राइवर र काइगरको मूल्य बढाउँदै रेनो

रेनोले जनवरीदेखी भारतमा आफ्ना कारको मूल्य वृद्धि गर्ने भएको छ । जनवरीमा अधिकांश व्रान्डले मूल्य बढाउने घोषणा गरेपछि रेनोले पनि यस्तो निर्णय लिएको हो । गाडी निर्माणका लागी आवश्यक कच्चा पदार्थको मूल्य बढ्नुलाई उसले मूलय वढाउनु पर्ने प्रमुख कारण मानेको छ ।

कच्चा पदार्थको मूल्य बृद्धिसंगै विदेशी मुद्रा महंगो हुनु, महंगी वढ्नु र सरकारी नितीमा परिवर्तन आउँदा गाडीको उत्पादन खर्चिलो वनेका कारण मूल्य बृद्धि गर्नुपरेको कम्पनीको भनाई छ । यी विषयलाई नै आधार मानेर यसअघि टाटाले आफ्ना अधिकांश मोडलको मूल्य बृद्धि गरिसकेको छ भने मारुती सजुकीले पनि वृद्धि गर्ने तयारी गरिरहेको छ ।

रेनोले हाल भारतमा क्विड, ट्राइवर र काइगर गरी कुल ३ मोडलका कार निर्माण गर्दै आइरहेको छ । यी तीनवटै कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएका कारण भारतमा हुने मूल्य बृद्धिले यहाँको बजारलाई समेत प्रभाव पार्ने देखिन्छ । जनवरीदेखी प्राय सवै व्रान्डले मूल्य बृद्धि गर्न लागेका कारण नेपालमा आउने नयाँ गाडी थप महंगो वनेर आउने भएका छन् ।

सम्बन्धित समाचारहरू

सर्बाधिक बुट स्पेस भएका ५ साना एसयूभी, रेनो काइगर पहिलो नम्बरमा

सर्बाधिक बुट स्पेस भएका ५ साना एसयूभी, रेनो काइगर पहिलो नम्बरमा

बजारमा अहिले साना एसयूभीको माग उच्च छ । क्रसओभर समेत भनिने यस्ता एसयूभीको...

रिसाइकल मेटरियलबाट बनको रेनोको कार : जुन हाइड्रोजन र इलेक्ट्रिक इन्जिनबाट चल्छ

रिसाइकल मेटरियलबाट बनको रेनोको कार : जुन हाइड्रोजन र इलेक्ट्रिक इन्जिनबाट चल्छ

रेनोले पेरिसको चाङनाउ समिटमा आफ्नो कन्सेप्ट कार सिनिक भिजन सार्वजनिक...

नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत

नयाँ पुस्ताको रेनो डस्टर सार्वजनिक, सन् २०२५ मा लन्च हुने संकेत

रेनोले नयाँ पुस्ताको डस्टरको सोल अफ डकार संस्करण पेश गरेको छ । यद्यपि यो एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...