१०औं वार्षिकोत्सवमा रेनोले ल्यायो थप सुरक्षासहित क्विडको नयाँ भर्सन एमवाई२१
रेनो इन्डियाले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा अल न्यु क्विड...
फ्रेन्च अटो निर्माता रेनोले भोली आफ्नो पहिलो इलेक्ट्रिक कार सार्बजनिक गर्ने भएको छ । जेनेभा अटो शोको अबसर पारेर कम्पनीले रेनो–५ ईभीको ग्लोबल डेब्यू गर्न लागेको हो । सार्बजनिक हुनु अगाडी लिक भएको तस्विरमा सो नयाँ कार निकै आकर्षक र स्पोर्टी देखिएको छ ।
कारमा ५२ किलोवाट आवरको ब्याट्री प्याक रहने जनाइएको छ । सींगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने बताइएको सो नयाँ कारमा १३५ बीएचपी क्षमताको मोटर जडान गरिनेछ । कारको लम्बाई ३.९२ मिटर रहनेछ । सन् २०२१ मा देखाइएको कन्सेप्ट कारमा आधारित सो कार कम्पनीको सिएमएफ प्लेटफर्ममा निर्माण हुनेछ ।
यूरोपियन डिजाइनमा निकै नै आकर्षक देखिएको सो नयाँ कारको ड्याबोर्डमा दुईवटा ठूला डिस्प्ले उपलब्ध हुनेछ । यसैगरी क्लाइमेट कन्ट्रोल, गियर सेलेक्टर वटन, इलेक्ट्रोनिक पार्किङ ब्रेक, स्टार्ट/स्टप वटन सहितको स्पोर्टी थ्री स्पोक स्टेरिङ ह्विल र ग्लसी स्टेरिङ माउन्टेड कन्ट्रोल लगायत फिचर उपलब्ध हुनेछ ।
सो नयाँ कार यूरोपेली बजारलाई लक्षित गरि ल्याउन लागिएको हो । अर्को बर्षदेखी बिक्री सुरु हुने अनुमान गरिएको कार त्यसपछि विस्तारै यूरोप बाहिरको बजारमा समेत उपलब्ध हुनेछ । कारको फिचर, डिजाइन र पर्फमेन्सका बारेरमा बिस्तृत जानकारी वाहिर ल्याइएको छैन ।
रेनो इन्डियाले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा अल न्यु क्विड...
रेनोले भारतीय बजारमा आफ्नो लोकप्रिय एसयूभी मोडलको नयाँ संस्करण रेनो डस्टर...
फ्रेन्च अटो निर्माता रेनोले क्विडको २०२२ मोडललाई भारतीय बजारमा सार्बजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...