रेनो–५ ईभी भोली सार्बजनिक हुँदै, यस्तो हुनेछ फिचर र रेन्ज

फ्रेन्च अटो निर्माता रेनोले भोली आफ्नो पहिलो इलेक्ट्रिक कार सार्बजनिक गर्ने भएको छ । जेनेभा अटो शोको अबसर पारेर कम्पनीले रेनो–५ ईभीको ग्लोबल डेब्यू गर्न लागेको हो । सार्बजनिक हुनु अगाडी लिक भएको तस्विरमा सो नयाँ कार निकै आकर्षक र स्पोर्टी देखिएको छ ।

कारमा ५२ किलोवाट आवरको ब्याट्री प्याक रहने जनाइएको छ । सींगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने बताइएको सो नयाँ कारमा १३५ बीएचपी क्षमताको मोटर जडान गरिनेछ । कारको लम्बाई ३.९२ मिटर रहनेछ । सन् २०२१ मा देखाइएको कन्सेप्ट कारमा आधारित सो कार कम्पनीको सिएमएफ प्लेटफर्ममा निर्माण हुनेछ ।

यूरोपियन डिजाइनमा निकै नै आकर्षक देखिएको सो नयाँ कारको ड्याबोर्डमा दुईवटा ठूला डिस्प्ले उपलब्ध हुनेछ । यसैगरी क्लाइमेट कन्ट्रोल, गियर सेलेक्टर वटन, इलेक्ट्रोनिक पार्किङ ब्रेक, स्टार्ट/स्टप वटन सहितको स्पोर्टी थ्री स्पोक स्टेरिङ ह्विल र ग्लसी स्टेरिङ माउन्टेड कन्ट्रोल लगायत फिचर उपलब्ध हुनेछ ।

सो नयाँ कार यूरोपेली बजारलाई लक्षित गरि ल्याउन लागिएको हो । अर्को बर्षदेखी बिक्री सुरु हुने अनुमान गरिएको कार त्यसपछि विस्तारै यूरोप बाहिरको बजारमा समेत उपलब्ध हुनेछ । कारको फिचर, डिजाइन र पर्फमेन्सका बारेरमा बिस्तृत जानकारी वाहिर ल्याइएको छैन ।

सम्बन्धित समाचारहरू

रेनोले ९ लाख कार बेच्दै नयाँ कीर्तिमान बनायो, अब नयाँ कार ल्याउने तयारीमा

रेनोले ९ लाख कार बेच्दै नयाँ कीर्तिमान बनायो, अब नयाँ कार ल्याउने तयारीमा

फ्रान्सेली अटोमोबाइल कम्पनी रेनोले नयाँ रेकर्ड बनाएको छ । कम्पनीले ११...

सर्बाधिक बुट स्पेस भएका ५ साना एसयूभी, रेनो काइगर पहिलो नम्बरमा

सर्बाधिक बुट स्पेस भएका ५ साना एसयूभी, रेनो काइगर पहिलो नम्बरमा

बजारमा अहिले साना एसयूभीको माग उच्च छ । क्रसओभर समेत भनिने यस्ता एसयूभीको...

चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर

चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर

फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...